MENU

राजनीति

Ncell Axiata
USAID

​काठमाडौं बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता

काठमाडौं, जेठ ५ – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेद्वार उद्धवप्रसाद खरेल ५ हजार ३ सय ७८ मत सहित अगाडि हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसका राजु श्रेष्ठले ३ हजार ५ सय ५१ मतले पछ्याईरहनुभएको छ ।

उपमयेरमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी रामादेवी राई ५ हजार ७ सय ३३ मत सहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसकी शुभद्रा खड्काले ३ हजार ६ सय ३० मतले पछ्याईरहनुभएको छ ।

यस्तै मेयरमा माओवादी केन्द्रका उम्मेद्वार रबिन अधिकारीको १ हजार ६ सय ३४ मत छ । उपमेयरमा माओवादी केन्द्रकी होमकुमारी दुलाल अधिकारीको १ हजार ५ सय ५३ मत छ । राप्रपाका मेयरका उम्मेद्वार सानुकान्छा श्रेष्ठको १२५ मत छ भने उपमेयरमा सावित्री क्षेत्री थापाको ४१८ मत छ । बुढानिलकण्ठमा अहिले सम्म तीन वडामा १२ हजार ९९ मत गनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया