MENU

राजनीति

Ncell Axiata
USAID

वडा अध्यक्षलाई चिन्ता : सेवा प्रवाह कहाँबाट गर्ने ?

रसुवा, जेठ ५ – वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको चुनावमा विजय भएका रसुवाका वडा अध्यक्षले आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्न नपाउने भएका छन् । 

भूकम्पले भत्किएका नीजि तथा सरकारी संरचनाहरु पुनर्निर्माण भइनसकेको कारण जिल्लाका १६ वटा वडा कार्यालयले सेवा प्रवाह गर्न समस्या आउने भएको हो । 

गाउँपालिकाको कार्यालय साविकको गाविस भवनमा राखिए पनि वडाका लागि भने आवश्यक संरचनाको अभावमा कहाँ राख्ने भन्नेमा अन्योल देखिएको छ । 

नयाँ व्यवस्था अनुसार जिल्लामा कायम गरिएको २७ वटा वडामध्ये ११ वटा वडाको मात्र आफ्नै कार्यालय हुने जिल्ला समन्वय समिति रसुवाले जनाएको छ । 

वडा कार्यालय भएको ठाउँमा धमाधम सपथ ग्रहण तथा कार्यालय सञ्चालन सुरु भैसके पनि कार्यालय नभएको ठाउँमा भने कार्यालय स्थापनाका लागि कार्य अघि बढेको छ । 

यसअघि भाडामा बसेका तथा भएका संरचना पनि भूकम्पले भत्किएपछि नयाँ बनेका वडालाई कार्यालय स्थापना गर्न नै समस्या लाग्ने भएको छ । 

खासगरी वडाबाट सहभागितामूलक योजना तर्जुमा, तथ्याङ्क अद्यावधि, विकासका कार्य, सिफारिस र प्रमाणीकरण, स्थानीय न्यूनतम दररेट निर्धारण, उपभोक्ता समिति  निर्माण र परिचालन लगायतका काम वडाले गर्नुपर्ने भएपनि कार्यालय नहुँदा कसरी सेवा प्रवाह गर्ने भन्ने वडा अध्यक्षहरु अन्योलमा परेका छन् ।   

आइतबार भएकोे चुनावमा रसुवाका २७ जना वडा अध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेको १२, नेपाली कांग्रेसको ७, नयाँ शक्ति पार्टीको ५ र नेकपा माओवादी केन्द्रका ३ जना वडा अध्यक्षमा चुनिएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चुनावको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने चुनावमा मतदान गर्न मतदातालाई अनुरोध गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश नम्बर १, ५ र ७ का मतदाताका लागि बुधबारको दिन आफ्नो अधिकार उपयोग गर्ने अवसर पनि भएकाले सबैलाई मतदान गरी आफ्ना प्रतिनिधि चयन गर्न आग्रह गरेको हो ।

  • तेह्रथुममा बम पड्कियो

    तेह्रथुम, १३ असार – तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दाँगपा स्थित सिंहबाहिनी मावि मतदान केन्द्र नजिकै मंगलबार बम पड्किएको छ ।

  • ​जहाँ वडाअध्यक्ष नै जथाभावी फोहोर फ्याँक्छन्

    केही दिनअघि एक बिहान । ललितपुर महानगरपालिकाको वडा नम्बर ५ को एक टोल । भर्खरै सटर खोलेर धुपध्वाँर गरिमात्र सकेको पसल । दिनभरि धेरै सामान बेचौला र नाफा कमाउँला भन्ने सोचिरहेका पसले । अचानक पसलकै सामुन्ने फोहोरको पोको देखिन्छ ।

  • गोपीनाथ मैनालीलाई नैतिक अनुशासनभित्र राख्ने वातावरण बनाउन निर्वाचन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ ।

  • एक दिन दुःख सहेर भएपनि चुनावमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदान गर्न आग्रह गरेको छ । विशेष पत्रकार सम्मेलनमार्फत आयोगले प्रदेश नम्बर १, ५ र ७ मा बुधबार हुने चुनावको तयारी पूरा भएको जानकारी दिँदै मतदातालाई भोट खसाल्न आग्रह गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया