MENU

राजनीति

Ncell Axiata
USAID

प्रधानमन्त्रीले बोलाए सात दलको बैठक

काठमाडौं, जेठ ५ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाउनुभएको छ । दाहालले बेलुकी ५ बजे बालुवाटारमा बस्ने गरी संसदमा प्रतिनिधित्व गर्ने सात दललाई बोलाउनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पहिलो चरणको चुनावको समीक्षा, दोस्रो चरणको चुनाव, संविधान संशोधन, स्थानीय तहको संख्या थप्नेबारे छलफल हुनेछ । बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राजपा, नेपाल फोरम लोकतान्त्रिक र संघीय समाजवादीलाई बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाबु छोरा नै स्वतन्त्र उम्मेदवार

    ओखलढुंगा, असार ८ – ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकामा बाबु छोरा नै स्वतन्त्र उम्मेदवार बनेका छन् । माने भन्ज्याङ गाउँपालिका-४ का पर्वलाल तामाङ गाउँपालिका प्रमुखका उम्मेदवार बन्नुभएको छ । छोरा मोहनकुमार तामाङ वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

  • ओलीले झापा पुगेर भने – खोलाले बिगार गर्‍यो, खोलो गाउँ पस्यो भने मलाई सम्पर्क गर्नुहोला

    झापा, असार ८ – एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले देश विकासको काम एमाले बाहेक कसैले पनि गर्न नसक्ने बताउनुभएको । बिहीबार झापाको गौरादहमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले एमालेले नागरिकमा विकासको आशा जगाएको दाबी गर्नुभयो ।

  • टीकापुर वडा नं ७ मा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार

    कैलाली, असार ८ – नयाँ शक्ति नेपालले स्थानीय तह चुनावका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ । संघीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले वडा नं ७ मा उपप्रमुख पदसहित बाँकी सबैमा महिलालाई उम्मेदवार बनाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।

  • नेपालगञ्ज चुनावको फैसला ‘कत्लको रात !’ फेरिएला पुरानो शैली ?

    नेपालगञ्ज, असार ८ – बाँकेका ८ वटा स्थानीय तहमध्ये सबै राजनीतिक दलको ध्यान नेपालगञ्ज उपमहानगरपालिकामा केन्द्रित छ । नेपालगञ्ज उपमहानगरपालिकामा मेयरमा १६ र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ ।

  • युवाले गराए उम्मेदवारको लिखित प्रतिवद्धता

    काठमाडौं, असार ८ – झापाको मेचीनगर–८ का नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारलाई स्थानीय युवाले सामाजिक सरोकारका विषयमा लिखित प्रतिवद्धता गराएका छन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया