MENU

राजनीति

Ncell Axiata
sagun

निर्वाचनपछि टिभी हेर्न छाडेँ : प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, जेठ ५ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन पछि टिभी हेर्न छाडेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयको केन्द्रिय कार्यालयको उद्धघाटन कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन सकिएको दिनबाट मैले टीभी नै हेर्न छोडिदिएँ ।’

निर्वाचन सम्पन्न भएपछि कस्ले जित्छ कस्ले हार्छ भन्दा पनि देशले जितेको बताउदै उहाँले भन्नुभयो, ‘एमालेले जिते पनि खुशी छु, कांग्रेसले जिते पनि खुशी छु, माओवादीले जितै खुशी हुने नै भए ।’  

२० बर्षदेखि स्थानीय निर्वाचन हुन नसकेको अवस्थामा अहिले स्थानीय तहको निर्वाचन हुनुनै देशको विजय भएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘निर्वाचन हुनुनै राष्टको बिजय हो ।’

पहिलोे चरणको निर्वाचन सकिएपछि आफू दोश्रो चरणको निर्वाचन गराउन जुटेको बताउँदै उहाँले दोश्रो चरणको निर्वाचन सफल बनाउन सबै राजनैतिक दलहरुका विचमा आफूले छलफल सुरु गरेको बताउनुभयो ।

दोश्रो चरणको निर्वाचन सम्पन्न गराउन गम्भीर हुनुपर्ने बताउदै उहाँले सबैको साथ र सहयोगमा उत्सवकै रुपमा निर्वाचन सम्पन्न हुने बताउनुभयो । दोश्रो चरणको निर्वाचन सकिएपछि नयाँ गुगको सुरुवात हुने बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘गर्व गरौँ खुशीयाली मनाऔँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया