MENU

राजनीति

Ncell Axiata

सिन्धुलीमा तीन पार्टीको बराबरी

बाबुराम देवकोटा/उज्यालो ।
सिन्धुली, जेठ ५ –  दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुली जिल्लामा सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तीन/तीन वटा स्थानीय तहमा जितेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसले गोलान्जोर, ध्याङलेक र तीनपाटन गाँउपालिकामा, नेकपा एमालेले कमलामाई र दुधौली नगरपालिका तथा फिक्कल गाँउपालिकामा र नेकपा माओवादी केन्द्रले सुनकोशी, मरिण र हरिहरपुरगढी गाँउपालिका जितेको पनि कार्यालयले जनाएको छ ।

कमलामाई नगरपालिकाको मेयरमा नेकपा एमालेको खड्गबहादुर खत्री ११ हजार ४६१ मत ल्याई निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र पोख्रेलले ९ हजार ४ मत ल्याउनु भएके छ । त्यस्तै उप–मेयरमा पनि नेकपा एमालेकै मञ्जु देवकोटा १० हजार ६०९ मत ल्याई विजयी बन्नु भएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुशीला थिङले १० हजार १९२ मत प्राप्त गर्नुभएको छ । १४ वटा वडा रहेको कमलामाई नगरपालिकामा नेकपा एमालेले सात वटा, नेपाली कांग्रेसले छ वटा र माओवादी केन्द्रले एक वडामा विजयी हासिल गरेको छ ।

त्यस्तै दुधौली नगरपालिकाको मेयर र उप–मेयरमा क्रमशः नेकपा एमालेकै घनश्याम राउतले ८ हजार ५९८ मत र बालकुमारी अधिकारी दनुवारले ८ हजार ७४० मत ल्याई विजयी बन्नुभएको छ । मेयर पदका निकटतम्  प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवारले ८ हजार २२३ मत र उप–मेयर पदका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चेतनारायण अधिकारी दनुवारले ८ हजार २१४ मत प्राप्त गर्नु भएको छ । 

१४ वडा रहेको दुधौली नगरपालिकामा ६ वटा, नेपाली कांग्रेस चार वटा र माओवादी केन्द्रले पनि चार वडामा जितेको निर्वाचन अधिकृत नुरहरी खतीवडाले जानकारी दिनुभयो ।

उता फिक्कल गाँउपालिकाको प्रमुख र उप–प्रमुखमा क्रमसः नेकपा एमालेकै धनबहादुर कार्की ३ हजार १२६ मत र पार्वती सुनुवार ३ हजार २१४ मत ल्याई विजयी बन्नुभएको छ । यी दुवै पदमा निकटतम् प्रतिद्वन्द्वी क्रमश नेपाली कांग्रेसका मोहनबहादुर कार्कीले २ हजार ७२७ मत र यसोदा खड्काले २ हजार ७२३ मत प्राप्त गर्नु भएको थियो । छ वटा वडा रहेको फिक्कल गाँउपालिकामा नेकपा एमालेले चार वटा र नेपाली कांग्रेसले दुई वटा वडामा जितेको छ ।

त्यस्तै गोलान्जोर गाँउपालिकाको प्रमुख र उपप्रमुखमा क्रमश नेपाली कांग्रेसका पुष्पबहादुर थापा ३ हजार ३७६ मत र गंगादेवी श्रेष्ठ ३ हजार २८७ मत ल्याई बिजयी बन्नु भएको छ । त्यस्तै उहाँका निकटतम् प्रतिद्वन्द्वी क्रमश नेकपा एमालेका टिकाबहादुर देवकोटाले २ हजार ५८४ र धनमाया पुलामीले २ हजार ६४५ मत ल्याउनु भएको छ । सात वटा वडा रहेको गोलान्जोर गाँउपालिकामा नेपाली कांग्रेसले चार वटा, नेकपा एमालले दुई वटा र नेकपा माओवादी केन्द्रले एक वडा जितेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

ध्याङलेक गाँउपालिकाको प्रमुख र उप–प्रमुखमा क्रमसः नेपाली कांग्रेसका जगतबहादुर भोलन २ हजार ४२४ मत र दुर्गादेवी सुनुवार २ हजार २८७ मत ल्याई बिजयी बन्नु भएको छ । त्यस्तै उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शंकरमान घलान १ हजार ९३४ र कान्छिमाया भोलन १ हजार ८७९ मत ल्याउनु भएको छ । पाँच वटा वडा रहेको ध्याङलेक गाँउपालिकामा नेपाली कांग्रेसले तीन वटा, नेकपा एमालले र नेकपा माओवादी केन्द्रले एक÷एक वडा जितेको छ ।

त्यस्तै तीनपाटन गाँउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर ५ हजार ७०१ मत ल्याई बिजयी बन्नु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका छत्रबहादुर दाहालले ५ हजार ६८२ मत ल्याउनु भएको छ । त्यस्तै उप–प्रमुखमा नेकपा एमालेकी पद्ममाया तमाङले ५ हजार ७२० मत ल्याई निर्बाचित बन्नुभएको छ । उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चिन्तादेवी दाहालले ५ हजार ९१ मत प्राप्त गर्नु भएको थियो । ११ वटा वडा रहेको तीनपाटन गाँउपालिकामा नेपाली काँग्रेसले चार वटा नेकपा एमालले छ वटा र माओवादी केन्द्रले एक वडा जितेको निर्बाचन अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिनुभयो ।

उता मरिण गाँउपालिकामा प्रमुख र उपप्रमुखमा क्रमश नेकपा माओवादी केन्द्रका पानीराज बम्बज ४ हजार ७९९ मत र संगिता माझी ४ हजार ५३५ मत ल्याई बिजयी बन्नु भएको छ । त्यस्तै उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १ हजार ८६६ मत र शर्मिला माझीले १ हजार ९७७ मत ल्याउनु भएको छ । मरिण गाँउपालिकाको सबै सात वटै वडामा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ ।     

त्यस्तै हरिहरपुरगढी गाँउपालिकाको प्रमुख र उपप्रमुखमा क्रमश नेकपा माओवादी केन्द्रका कर्साङ थिङ ३ हजार ९३४ मत र अनिता राई ३ हजार ९१८ मत ल्याई बिजयी बन्नु भएको छ । त्यस्तै उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर वाईवाले २ हजार ९३५ मत र छिरिमाया लामाले २ हजार ९९० मत ल्याउनु भएको छ । आठ वटा वडा रहेको हरिहरपुरगढी गाँउपालिकामा वडा नं. ७ मा नेपाली कांग्रेस र अरु सबै वडा माओवादी केन्द्रले जितको छ । 

उता सुनकोसी गाँउपालिकाको प्रमुख र उपप्रमुखमा क्रमश नेकपा माओवादी केन्द्रका दिपा बोहोरा ३ हजार ४३३ मत र दिर्बसिं मोक्तान ३ हजार ४५७ मत ल्याई बिजयी बन्नु भएको छ । त्यस्तै उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कपिल कोइराला ३ हजार २१२ मत र शान्ता कार्की ३ हजार २६८ मत ल्याउनु भएको छ । सात वटा वडा रहेको सुनकोसी  गाँउपालिकामा नेपाली कांग्रेसले २ वटा, नेकपा एमालले ३ वटा र २ वटा नेकपा माओवादी केन्द्रले जितको मुख्य निर्वाचन अधिकृतको कार्र्यालयले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया