MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

नागार्जुन नगरपालिकामा कांग्रेस विजयी

 

काठमाडौं, जेठ ५ – नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । 

बस्नेतले ६ हजार ९६१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराउनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपप्रमुखमा एमालेका सुशीला अधिकारीले ६ हजार ८७१ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कल्याणी खड्काले छ हजार ७९१ मत प्राप्त गर्नुभएको छ । 

वडा नं १० को वडाअध्यक्षमा काँग्रेसका सुन्दरबहादुर केसी विजय हुनुभएको छ । नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया