MENU

अर्थ

Ncell Axiata
sagun

स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव

काठमाडौं, जेठ ५ – अर्थविद्हरुले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् । 

रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर तोकिएकै समयमा कामचलाउ बजेट ल्याउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘कर्मचारीको तलब खर्च र विगतमा चल्दै आएका परियोजनाको बजेट ल्याउँदा केही फरक पर्दैन’ उहाँले भन्नुभयो । डा क्षेत्रीले बजेट ल्याउँदा सबैलाई समेट्नु जरुरी रहेको बताउनुभयो । 

अर्थविद् डा शङ्कर शर्माले स्थानीय तहलाई बढी अधिकार दिने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो । संविधानले दिएको अधिकारमध्ये कुन शीर्षकमा कति रकम दिने भन्नेबारे सरकार अहिले अन्योलमा रहेको उहाँको भनाइ थियो । डा शर्माले देशले २४ वर्षमा नभएको आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

अर्थविद् डा डिल्लीराज खनालले निश्चित क्षेत्रको आवश्यकतालाई हेरेर बजेट निर्माण गर्नुपर्ने बताउनुभयो । ‘कुल बजेटको आधा स्थानीय क्षेत्रमा जाने गरी बजेट निर्माण गर्नुपर्छ’ उहाँले भन्नुभयो । डा खनालले स्थानीय तहलाई अधिकार दिएर बजेट ल्याए मात्र देशको विकास हुने स्पष्ट पार्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया