MENU

राजनीति

Ncell Axiata
sagun

राजनीतिक आन्दोलनको नाममा हत्यारालाई उन्मुक्ति नदेउ : मानवअधिकार आयोग

काठमाडौँ, जेठ ५ – राजनीतिक आन्दोलनका नाममा हत्या आरोपीहरुमाथिको मुद्दा फिर्ता लिन सरकारले तयारी गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ । आयोगले आज विज्ञप्ति निकालेर जघन्य मानवअधिकार उल्लंघन घटनाका आरोपी कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति निकालेर २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनै पनि उन्मुक्ति नदिन आग्रह गरेको हो । आयोगले जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय हो भन्दै यसबाट मानवाधिकारको संस्कृतिको विकासमा मद्दत नपुग्ने देखिएको जनाएको छ ।

मन्त्रीपरिषदको हिजोको बैठकले कैलालीको टिकापुरलगायतका ठाउँमा भएका हत्याका आरोपीहरुको मुद्दा फिर्ता लिने तयारी थाल्न कानुन मन्त्रीलाई निर्देशन दिएको थियो । आयोगले टिकापुर घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गरी २०७३ फागुन २४ गते नै प्रतिवेदन दिइएको ध्यानाकर्षण गराउँदै आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया