MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

सूर्यविनायक ५ मा एमाले, ६ मा कांग्रेस, भक्तपुर ९ मा नेमकिपा विजयी

भक्तपुर, जेठ ५ – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५  को वडा अध्यक्ष सहित प्यानल नै एमालेका उम्मेदवार विजयी भएको छ । भर्खरै सार्वजनिक मत परिणाम अनुसार एमालेका वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशीले १ हजार ४८० मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण थापाले ८४६ प्राप्त गर्नुभएको छ । 

त्यसैगरि महिला सदस्यमा कमला पोखरेल सुवेदी, दलित महिला सदस्यमा गीता बिसुङ्खे, सदस्यमा मनोज थापा र वासुदेव पोखरले विजयी हुनुभएको छ । सूर्यविनायक नगरपालिकामा वडा नं. ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रामेश्वर ध्वजू विजयी हुनु भएको छ । ध्वजूले ४९२ मत प्राप्त गर्नुभएको छभने एमालेका निकटतम प्रतिद्धन्द्धी कृष्णगोपाल त्वायनाले २३४ मत प्राप्त गर्नुभएको छ । 

विजयी हुने सदस्यहरुमा नेपाली काँग्रेसका तर्फबाट महिला सदस्य रमा गौतम, दलित महिला सदस्य सरला विक, सदस्य राजेन्द्र त्वाती विजयी हुनु भएको छभने अर्को सदस्यमा भने एमालेका उम्मेदवार सुदाम केसी विजयी हुनु भएको छ ।

यता भक्तपुर नगरपालिका वडा नं. ९ मा नेपाल मजदूर किसान पार्टीको प्यानल विजयी भएको छ । नेमकिपाका रविन्द्र ज्याख्यले ३ हजार ३६५ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका रविन्द्र लाछिमस्युले ६९२ मत र काँग्रेसका किरण प्रजापतिले ५३१ मत प्राप्त गर्नुभएको छ । महिला सदस्य छोरी मैंया ह्यौमिखा, खुला सदस्यद्वयमा जितेन्द्र मुंनकर्मी र ज्ञान कुमार मगजु विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया