MENU

राजनीति

Ncell Axiata
NIC Asia

मेयरले खाए सपथ, आजबाटै थाले काम

रामेछाप, जेठ ५ – स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको दोश्रो दिनमै मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण लिएसँगै काममा लागेका छन् ।  

जिल्लाको मत गणना सकिए लगत्तै मन्थली नगरपालिकाका मेयर उपमेयरसहित मन्थली नगरपालिका अन्तर्गतका १४ वडाका अध्यक्ष र सदस्यहरुले छुट्टाछुट्टै सपथ ग्रहण गरेका हुन् । मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई रामेछापका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीले सपथ खुवाउनु भएको थियो । त्यसैगरी वडा सदस्यहरुलाई नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले सपथ खुवाउनु भएको हो । 

मुख्य निर्वाचन अधिकृतले सपथ खुवाएसँगै मेयर रमेशकुमार बस्नेत र उपमेयर माया कार्कीले शुक्रबारदेखि पदभार ग्रहण समेत गर्नुभएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले आगामी पन्ध्र दिनभित्रमा मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुमा कार्यालय स्थापना गरिसक्ने बताउनु भएको छ । 

गाउँपालिका र नगरपालिका सञ्चालनका लागि केही कानूनहरु बन्ने क्रममा रहेकाले कानून बनेर नआउञ्जेलसम्म नगरपालिकालाई समृद्ध बनाउन योजना निर्माणको तयारीमा आफूहरु लागि पर्ने पनि मेयर बस्नेतले बताउनु भयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया