MENU

राजनीति

Ncell Axiata

​सुर्खेतको भेरीगंगा नगरपालिकाकाे मेयर र उपमेयर नेपाली कांग्रेसले जित्यो

सुर्खेत, जेठ ५ – सुर्खेतको भेरी गंगा नगरपालिकामा मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका भुपेन्द्र चन्द ७ हजार ५ सय ४३ मतसहित मेयरमा वियजी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञप्रसाद ढकालले ७ हजार ३ सय ८३ मत पाउनुभयो ।

उपमेयरमा पनि कांग्रेसकी रेणु आचार्य ७ हजार ५ सय ७४ मतसहित जित्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी चन्दा शर्मा आर्चायले ७ हजार २ सय ९७ मत पाउनुभयो ।

१३ वटा वडा रहेको भेरी गंगा नगरपालिकामा ८ वडामा नेपाली कांग्रेस, ४ वटामा एमाले र १ वटामा माओवादी केन्द्रले जितेको छ । विरेन्द्रनगर नगरपालिकाको मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया