राजनीति
दोलखाको ८ तहको मतगणना सकियो, एमाले ६, कांग्रेस-माओवादी गठबन्धन २
- Friday, May 19, 2017
- 18:42 PM ( 11 months ago )
- Total Views: 6.0 K
दोलखा, जेठ ५ – वैशाख ३१ गते निर्वाचन सम्पन्न भएको दोलखाको दुई नगरपालिका र ६ गाउँपालिकाको मतगणना सकिएको छ ।
प्राप्त मतपरिणाम अनुसार २ नगरपालिका र ४ गाउँपालिकाको प्रमुख/उपप्रमुख पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् भने दुई गाउँपालिकाको प्रमुख/उपप्रमुख पदमा कांग्रेस माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । सदरमुकामसमेत पर्ने भिमेश्वर नगरपालिकाको मेयरमा नेकपा एमालेका भरत केसी विजयी हुनुभएको छ । उहाँले ६ हजार ८ सय ५३ मत प्राप्त गर्नुभएको छ ।
उहाँको प्रतिद्वन्द्वी काग्रेसका इश्वरनारायण मानन्धरको ५ हजार ८ सय १५ मत आएको छ । यसैगरी उपमेयरमा एमालेकी कमला बस्नेत विजयी हुनुभएको छ । उहाँको ६ हजार १७ मत आएको छ । उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कमला कार्कीको २ हजार ८ सय ७९ मत आएको छ । निर्वाचित मेयर, उपमेयरले आजै पदभार ग्रहण गर्नुभएको छ ।
यसैगरी जिरी नगरपालिकाको मेयरमा नेकपा एमालेका टंक जिरेल, उपमेयरमा कृष्णमाया बुढाथोकी विजयी हुनुभएको छ । गौरीशंकर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका स्वयम् बहादुर खड्का, उपाध्यक्षमा उर्मिला थामी, शैलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका भरत दुलाल र उपाध्यक्षमा लालमाया योञ्जन विजयी हुनुभएको छ । यसैगरी तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले दोलखाका अध्यक्ष समेत रहनुभएका इश्वरचन्द्र पोखरलेल विजयी हुनुभएको छ भने उपाध्यक्षमा उर्मिला खड्का केसी विजयी हुनुभएको छ ।
दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काग्रेसका छवि लामा र उपाध्यक्षमा माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी हुनुभएको छ । यसैगरी विगु गाउँपालिकाको अध्यक्षमा नेपाली काग्रेसका युधिष्ठिर खड्का र उपाध्यक्षमा माओावादी केन्द्रका सञ्जिव वली विजयी हुनुभएको छ ।
यसैबिच दोलखाको मेलुङ गाउँपालीकाको सत्यश्वर माध्यमीक विद्यालय मतदान केन्द्रमा स्थगीत गरीएको मतदान ७ गते हुँदै छ । सात गते मतदान गरिए पछि मेलुङ गाउँपालिकाको मतगणना सुरु गरिने छ ।
सम्बन्धित सामग्रीहरु
-
एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
काठमाडौं, वैशाख ८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ ।
-
केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
काठमाडौं, वैशाख ८ – नेपाल र चीनबीच केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे छलफल भएको छ ।
-
संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
काठमाडौं, वैशाख ८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।
-
मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !
काठमाडौं, वैशाख ७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ ।
-
वैशाख १९ बन्ला त वाम एकताको नयाँ ‘साइत’ ?
काठमाडौं, वैशाख ८ – चुनावी तालमेल मात्र होइन पार्टी नै एक बनाउने भनेर एमाले र माओवादीले गरेको घोषणा आधा वर्षसम्म पनि पूरा हुन सकेको छैन ।
-
एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
वैशाख ८ – एउटा केराको बिल हजारौँ रुपैयाँ आयो भने तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
- सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
- दैलेख कारागारका कैदीले मागे संविधान, रामायण र महाभारत
- अमेरिकी पेस्तोलसहित शिकारी पक्राउ
- आईपीएलमा पञ्जाबको टक्कर कोलकातासँग : एकातर्फ गेल, अर्कोतर्फ रसेल
- यशवन्त सिन्हाले छोडे बीजेपी
- केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
- बद्रीको गीतमा आमाहरुले डाँको छोडेपछि...
- वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्रै दक्ष, अदक्ष ७४ प्रतिशत
प्रतिक्रिया दिनुहोस