MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

नवनिर्वाचित वडा सदस्यले भने - ६ महिनाको तलव सामाजिक काममा

सिन्धुली, जेठ ५ – सिन्धुलीको दुधौली नगरपालिकाका एकजना वडा सदस्यले ६ महिनाको तलव सामाजिक काममा लगाउने बताउनुभएको छ । दुधौली नगरपालिका वडा नम्बर ७ मा नवनिर्वाचित वडा सदस्य हरि अधिकारीले आफ्नो वडामा पानीको चरम समस्या भएको भन्दै त्यसको समाधानका लागि ६ महिनाको तलव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो  ।​नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित अधिकारीले नागरिकका दुःख पीडालाई नजिकबाट नियालेको र गाउँलेले भोग्दै आएको पानीको समस्या समाधान गर्न सकेको सहयोग गर्ने बताउनुभयो । 

आफू विजयी भएकोमा सम्पूर्ण वडाबासीलाई बधाई र धन्यबाद दिँदै उहाँले भन्नुभयो ‘तपाईहरुको तर्फबाट गर्नुपर्ने जति गर्नुभयो । मलाई भोट दिएर जिताउनुभयो । अब मैले तपाईहरुका लागि गर्ने बेला आएको छ । यहाँको पानीको समस्या समाधान गर्न कुनै कसर बाँकी राख्ने छैन । त्यसका लागि म ६ महिनको तलव दिन तयार छु ।’

दुधौलीको वडा नम्बर ७ स्थित डम्बरखाडी टोलका एकसय भन्दा धेरै घरधुरी खानेपानीको समस्या भोग्दै आएका छन् । हिँउद महिना लागेसँगै पाखामा पानि सुक्ने भएकाले यस क्षेत्रका बासिन्दा झण्डै २० मिनेटको उकोलो बाटो पानी बोकेर लाने गरेका छन् ।  

पटक पटक विभिन्न संस्था र गाविस, नगरपालिका लगायतमा यसबारे ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि गाउँले निराश भएका थिए । नवनिर्वाचित वडा सदस्य अधिकारीले आफूले सक्दो सहयोग गर्ने बताएसँगै गाउँलेहरु पनि उत्साहित भएका छन् । 

त्यस्तै वडा अध्यक्ष कुमार वस्नेतले पनि आफूलाई भोट दिएर जिताएको वडाबासीलाई धन्यवाद दिनुभएको छ । उहाँले पनि यस क्षेत्रमा भएका समस्या समाधान गर्न सक्दो सहयोग गर्ने बताउनुभयो । वडा सदस्य अधिकारी भुतपूर्व भारतीय गोर्खा आर्मी हुनुहुन्छ ।  

अहिलेसम्म नेकपा एमालेले जित्दै आएको यस ठाउँमा पहिलो पटक कांग्रेस विजयी भएको हो । एमालेको वर्चस्व रहँदै आएको यस क्षेत्रमा जित्नु निकै चुनौतिपूर्ण हुँदा हुँदै पनि आफू विजयी भएकोले नागरिकको मतलाई खेर जान नदिइै काम गर्ने वडा अध्यक्ष वसनतेले बताउनुभयो । वडा अध्यक्ष वस्नते विगत २५ वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया