MENU

समाज

Ncell Axiata
USAID

टिकापुर घटनाका दोषिका मुद्दा फिर्ता लिने निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं, जेठ ५ – सरकारले टिकापुर घटनाका दोषिलाई उन्मुक्ति दिने तयारी गरेको भन्दै नेकपा एमालेले पनि आपत्ति जनाएको छ । सरकारले हिजोको मन्त्रिपरिषद बैंठकबाट कैलाली घटनासहित तराई मधेसका आन्दोलनका क्रममा भएका हत्याका आरोपिमाथिको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि एमालेले शुक्रबार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । 

एमालेले मानव अधिकारका विश्वव्यापी मूल्य मान्यता विपरितको सरकारको यस्तो निर्णयबाट दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने जनाएको छ । 
एमालेले निर्णय तत्काल फिर्ता लिन, घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, दण्डहीनता अन्त्य  गर्न तथा मानव अधिकार र विधिको शासनको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • झुलाघाट सीमा नाका ४ दिनसम्म बन्द

    बैतडी, असार १२ – स्थानीय तहको चुनावलाई मध्येनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ ।

  • मोरङमा एक वृद्धको घाँटी रेटेर हत्या

    विराटनगर, असार १२ – मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ वर्षका पहाडचन्द राजवंशीको आइतबार राति घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

  • चुनावमय रमजान

    इस्लाम धर्मावालम्बीको महान पर्व इदुल फितर नेपालगञ्जमा हर्षोल्लासका साथ मनाईंदै छ । नजिकिँदै गएको चुनावले इदको रौनक अझै बढाएको छ । नेपालगञ्जको इदगाहमा बिहान इदको नमाजका लागि जम्मा भएका हजारौं मुस्लिम समुदायका नागरिकलाई गैर मुस्लिम समुदायले इदको शुभकामना आदानप्रदान गरेका छन् ।

  • भोजपुरमा तीन बालबालिका मृत अवस्थमा भेटिए

    भोजपुर, असार १२ – भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।

  • भ्रष्टाचार आरोप लागेका कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्यलाई पक्राउ गर्न अख्तियारको ताकेता

    काठमाडौं, असार १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुछिएका कर फरछ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउ गर्न फेरि ताकेता गरेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया