MENU

राजनीति

Ncell Axiata

कीर्तिपुर नगरपालिकामा एमाले विजयी

काठमाडौं, जेठ ५ – कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा नेकपा एमालेका रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ६ हजार ६१६ मत प्राप्त गर्नुभएको थियो । 

उपप्रमुख पदमा नेकपा एमालेका उम्मेद्वार सरस्वती खड्का ६ हजार ८१० मत प्राप्त गरी विजयी हुनुभएको छ । यही पदमा नेपाली कांग्रेसका विमला विष्ट ६ हजार ४३ मत प्राप्त गर्नुभएको थियो । 

चन्द्रागिरि–१० र ११ मा एमाले समूह विजयी 

यसैगरी चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं १० र ११ मा नेकपा एमाले को प्यानल विजयी भएको छ । 

वडा नं १० को वडाध्यक्ष पदमा गोपालकृष्ण महर्जनले ६९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चबहादुर महर्जनले ४७८ मत प्राप्त गर्नुभएको थियो । 

सदस्यमा सीता महर्जन, कान्छी नेपाली, मनोजकुमार महर्जन र भेषनाथ उपाध्याय निर्वाचित हुनुभएको छ । 

वडा नं ११ को वडाध्यक्ष पदमा हरिभक्त महर्जन ३५७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गौतम श्रेष्ठले ३१४ मत प्राप्त गर्नुभएको थियो । 

सदस्यमा कृष्णदेवी महर्जन प्रजापति, राधिका मिजार सार्की, पूर्णगोपाल श्रेष्ठ र तीर्थराज काफ्ले निर्वाचित हुनुभएको थियो । 

प्रमुखको मतगणनामा हालसम्म कांग्रेसका घनश्याम गिरीले आठ हजार ८४१ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले छ हजार ३०४ मत प्राप्त गर्नुभएको छ । 

हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले सात हजार ३१३ र एमालेका लीसा नकर्मीले सात हजार ५५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया