राजनीति
दोस्रो चरणको चुनावमा रातो मसीको मत
- Friday, May 19, 2017
- 19:14 PM ( 11 months ago )
- Total Views: 5.3 K
काठमाडौं, जेठ ५ – निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको चुनावमा मत दिँदा रातो रङको मसी प्रयोग गर्ने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसित कुरा गर्दैै दोस्रो चरणमा स्वस्तिक छापमा रातो रङको लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरिएको थियो । नीलो रङको प्रयोग भएका कारण मत गणनामा कठिनाई भएको गुनासो आएको थियो । दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ का ४१ जिल्लामा जेठ ३१ गते चुनाव हुँदैछ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार दोस्रो चरणको चुनाव लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र रातो रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।
पहिलो चरणमा देखिएका कमजोरीलाई दोहोरिन नदिन आयोगले चुनावमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
कर्णाली प्रदेश सभा बैठक आज : नीति तथा कार्यक्रम प्रस्तुत गरिने
सुर्खेत, वैशाख १० – कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।
-
ओली भन्छन : देउवाले गति छाडे, जे पनि बोल्न थालेका छन्
काठमाडौं, वैशाख ९ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जे पनि बोल्न थालेको आरोप लगाउनुभएको छ ।
-
डोटीका सबै जनप्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहको धम्की
डोटी, वैशाख ९ – नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले डोटीका सबै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ ।
-
सुरुङ मार्ग ३ नम्बर प्रदेश सरकारको प्राथमिकता
मकवानपुर, वैशाख ९ – तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुरुङ मार्ग प्रदेश सरकारको प्राथामिकता भएको बताउनुभएको छ ।
-
आक्रमणको विरोधमा स्थानीय तहको काम ठप्प, सुरक्षाको माग गर्दै जनप्रतिनिधिले बुझाए ज्ञापन पत्र
भक्तपुर, वैशाख ९ – मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ माथि शनिबार साँझ उहाँकै निवासमा भएको सांघातिक हमलाको विरोध गर्दै आइतबार भक्तपुरका तीन वटा नगरपालिकाले काम ठप्प पारेका छन् ।
-
कोरियन वन कमजोर, रियाल, रिंगिट र दिर्हाम स्थिर
काठमाडौं, वैशाख १० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
- आईपीएल क्रिकेट : गेललाई बलिङ गर्न पाउलान् त सन्दीपले ?
- यसरी सुरु भयो विश्व पुस्तक दिवस
- प्रहरीद्वारा अवैध सुनचाँदी नियन्त्रण
- कर्णाली प्रदेश सभा बैठक आज : नीति तथा कार्यक्रम प्रस्तुत गरिने
- जन्मदर्ता बिनै बालबालिकाहरु विद्यालयमा भर्ना
- रोमाञ्चक जित हात पार्दै चेन्नई शीर्ष स्थानमा
- सिटीको सम्मानमा गार्ड अफ अनर, ग्वार्डिओला भन्छन्– कीर्तिमान बनाउने हो
- आईपीएलमा कष्णप्पाले जिताए राजस्थानले हार्नै लागेको खेल
- सलाहलाई उत्कृष्ट खेलाडीको उपाधि
प्रतिक्रिया दिनुहोस