MENU

राजनीति

Ncell Axiata

महानगर मतगणना : भरतपुरमा विवाद, कहाँको अवस्था के ?

काठमाडौं, जेठ ५ – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत तीन वटा महानगरपालिकामा शुक्रबार पाँचौ दिन पनि मतगणना चलिरहेको छ । चितवनको भरतपुर महानगरपालिकामा भने मतगणना स्थगित भएको छ । 

अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा मतगणना स्थगित भएको हो । 

भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका छन् । मतगणना स्थगित हुनु अघि मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा पछि हुनुहन्छ । 

भरतपुर महानगरपालिका 

माओवादी केन्द्र रेणु दाहाल – १४ हजार ८ सय ९ 
एमाले – देवी ज्ञवाली – १५ हजार १ सय ५५ 

पोखरा लेखनाथ महानगरपालिकामा 

एमालेका मेयर उम्मेद्वार मानबहादुर जिसीले – १४ हजार ६  सय ९४
माओवादीसँग तालमेल गरेका कांग्रेसका रामजी कुँवरले– १४ हजार ९१

ललिपुर महानगरपालिकाको मेयरमा 

कांग्रेसका चिरीबाबु महर्जन – १५ हजार ४१ 
एमालेका हरिकृष्ण व्यञ्जनकार – १३ हजार २ सय १६

काठमाडौं महानगरपालिकाको मेयरमा

एमालेका विद्यासुन्दर शाक्यले –  १२ हजार ७ सय ३३
कांग्रेसका राजुराज जोशीले – ८ हजार ३ सय ३३

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया