MENU

राजनीति

Ncell Axiata
sagun

भक्तपुर नगरपालिका मेयरमा १९ हजार बढी मतले नेमकिपा विजयी

भक्तपुर, जेठ ६ – भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति ठूलो मतको अन्तरले विजयी हुनु भएको छ ।

शुक्रबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार २५ हजार ५ सय ६८ मत प्राप्त गर्दै सुनिल प्रजापति मेयरमा विजयी हुनु भएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार ५ सय ३२ र एमालेका विष्णु सुवालले ४ हजार २ सय १० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरि उपप्रमुख तर्फ नेमकिपा कै उम्मेदवार रजनी जोशीले २५ हजार ६ सय ५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गर्नुभएको छ । 

जोशीको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार गंगालक्ष्मी अवालले ६ हजार ५ सय ६० मत र एमालेकी उम्मेदवार कृष्णमाया त्वायनावासुले ६ हजार ५ सय ८७ मत प्राप्त गर्नुभएको थियो । 

विगतमा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव, सांसद हुदै प्रजापति अहिले भक्तपुर नगरपालिकाको नगर प्रमुखमा विजयी हुनु भएको छ । ख्पव ईन्जिनियरिङ्ग कलेजको उपप्राचार्य पदबाट राजीनामा दिएर आउनु भएकी जोशी उपप्रमुख हुनुभएको छ । 

त्यसैगरि भक्तपुर नगरपालिकाको वडा नं. १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखाले २ हजार ११३ मत प्राप्त गरि विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्णकुमार सुवालले ४३२ र नेकपा एमालेका पूण्यराम घटुवले ३५० मत प्राप्त गर्नुभएको थियो ।  

नेमकिपाबाट वडाको महिला सदस्यमा २०४६ सालको जनआन्दोलनको सहिद पुष्परत्न शाक्यकका श्रीमति विजयलक्ष्मी शाक्य, सदस्यहरुमा ज्ञानकुमार मगजू र जितेन्द्र मुनकर्मी विजयी हुनु भएको छ । 

भक्तपुर नगरपालिकामा १० वटै वडामा नेपाल मजदूर किसान पार्टीले विजयी हासिल गरेको छ । कूल ५२ हजार ९३० मतदाता संख्या रहेको यस नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया