MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

​नुवाकोटको पञ्चकन्या गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्ष कांग्रेस

नुवाकोट, जेठ ६ – नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रका तेजबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँले ३ हजार ९ सय ६१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामेश्वर थापाले २ हजार ८ सय ५४ मत ल्याउनुभएको छ । 

यस्तै पञ्चकन्या गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रसकी सीता पराजुली खड्काले २ हजार ७ सय ९३ मत सहित विजयी हुनुभएको छ  । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रकृति रिमालले २ हजार ५ सय ७८ मत ल्याउनुभएको थियो । 

५ वटा वडा रहेको पञ्चकन्या गाउँपालिकामा ३ वटा गाउँपालिकामा माओवादी केन्द्र, एउटामा नेपाली कांग्रस तथा एउटामा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया