MENU

राजनीति

Ncell Axiata

सूर्यविनायक ७ नम्बरमा एमाले प्यानल विजयी, मेयरमा कांग्रेस अघि

भक्तपुर, जेठ ६ – सूर्यविनायक नगरपालिका वडा नं. ७ मा अध्यक्ष रविन्द्र सापकोटासहित एमालेको पूरै टिम विजयी भएको छ । 

वडा अध्यक्षमा सापकोटाले १ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटत प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण भक्त खत्रीले ७ सय ६९ र राप्रपाका धर्मराज थापाले ३ सय ३७ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार र खुला सदस्यद्वयमा कृष्णजीत माकजु र अर्जुन खतिवडा विजयी भएका छन् ।

शनिबार विहानसम्ममा सूर्यबिनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बिष्णुराज कार्कीले ८ हजार १७६ र उपमेयरमा एमालेकी जुना बस्नेतले ८ हजार ९१७ मतले अग्रस्थानमा रहेका छन् । मेयरमा एमालेका बासुदेव थापाले ७ हजार ९७५ मत र उपमेयरमा कांग्रेसकी कल्पना राजथलाले ६ हजार ९१७ मत ल्याई दोस्रो स्थानमा रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक एक मतको कदर हुनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गरेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

  • मन्त्रीलाई बधाइ दिन जानेको भीडले सिंहदरबारमा कोलाहल

    मन्त्रीहरुलाई बधाइ तथा शुभकामना दिन जानेको भीडले बिहीबार दिनभर सिंहदरबार भरिभराउ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार १९ जना मन्त्री थपेसँगै नवनियुक्त मन्त्रीहरुलाई बधाइ तथा शुभकामान दिन पुगेका पार्टीका कार्यकर्ता, शुभेच्छुकले सिंहदरबार भरिएको हो ।

  • आज पनि भएन भरतपुरको फैसला, हेर्दा हेर्दैमा राखियो

    काठमाडौं, साउन १२ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतले बिहीबार पनि फैसला गर्न सकेन ।

  • डा. केसीको माग सम्बोधन गर्न समिति गठन

    काठमाडौं, साउन १२ – सरकारले अनसनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

  • झोलामा खोला बोकेर हिँड्ने दलाललाई कारबाही हुन्छ : उर्जामन्त्री

    नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले झोलामा खोला बोकेर हिँड्ने तर काम नगर्ने दलालीहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उहाँको योजना छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया