MENU

राजनीति

Ncell Axiata

​मतदाता यार्सा टिप्न हिँडेपछि उम्मेदवार पनि झण्डा बोकेर लेकतिर

इन्द्रसरा खड्का / उज्यालो

बैतडी, जेठ ६ – पहिलो चरणको स्थानिय तहको चुनाव सम्पन्न भइसकेपछि दोस्रो चरणको चुनाव हुने ठाउँमा चुनावी चहलपहल बढेको छ । चुनाव होला कि नहोला भन्ने आशंका भैरहेको बेला प्रदेश नंंमर ७ मा चुनावी अभियान तीव्र भएको छ । कुनै दल उम्मेद्वार छनोटमा व्यस्त देखिन्छन् भने उम्मेद्वार छनोट गरीसकेका दलहरु अहिले मतदाताको घरदैलामा पुगेका छन् । 

तर दार्चुलाको उत्तरी क्षेत्रमा भने चुनावी चहलपहल सुस्त भएको छ । यार्सा संकलनका लागि सबै लेकतिर लागेपछि चुनावी माहोल कम भएको हो । अहिले यार्साको सिजन भएकाले सबै लेकतिर गएकाले चुनावी अभियान हराएको नेकपा एमाले दार्चुलाका सचिव ज्ञानेन्द्र घर्तीले बताउनु भयो । दार्चुलाको ब्यास, राप्ला, दुहु, घुसा, खण्डेश्वरी, सिप्टी,धुलिगडा लगायत बिभीन्न ठाउँका बासिन्दा अहिले सबै लेकतिर लागेको उहाँले बताउनु भयो ।

ति क्षेत्रका नागरिकको आय आर्जनको मुख्य स्रोत नै यार्सा भएकाले अहिले सबै लेकतिर लागेकाले चुनावी माहोल सुस्ताएको नेपाली काँग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिंह बोहराले बताउनु भयो । 

अहिले चुनावको प्रचारप्रसार भन्दा पनि सबैलाई लेक प्यारो लागेको छ । यार्सा संकलन गर्न जेठ १ गतेदेखि त्यहाँका सबै बासिन्दा लेकतिर गएका हुन । अहिले त्यो क्षेत्रमा बालबालिका र हिँडडुल गर्न नसक्ने बृद्धबृद्धामात्रै घरमा छन् । जिल्ला शिक्षा कार्यलयले विद्यालयमा विदा नगर्न निदेशन दिएपनि विद्यार्थी सबै लेकमा गएकाले विद्यालय पनि बन्द गर्नुपरेको शिक्षक करबिर सिंह बोहराले बताउनु भयो । 

उम्मेदवार पनि लेकमै

चुनावी अभियानलाई थाती राख्दै सबै लेकतिर लागेपछि ति क्षेत्रका उम्मेदवार पनि झण्डा बोकेर लेकतिर लागेका छन् । दार्चुलाको ब्यास गाउँपालिका, अपिहिमाल गाउँपालिकाका नेपाली कांग्रेस ,नेकपा एमाले, नेकपा माओबादी केन्द्र राप्रपा लगायतका उम्मेदवार  चुनावको प्रचार प्रसार गर्ने भन्दै लेकतिर गएका हुन् ।

ब्यास गाउँपालिकामा सबै स्थानिय लेकमा गएकाले आफु पनि लकमै प्रचार गर्न जानलागेको नेकपा एमालेका तर्फबाट व्याँस गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलिपसिंह डडालले बताउनु भयो । अध्यक्षका उम्मेदवार सहितको टोली व्याँस गाउँपालिकाको घट्टेखोला, नन्था, कल्गडे, हुम्दुम्ती, दुधिवनमा रहेका संकलकहरुसम्म पुग्ने उहाँले बताउनु भयो । 

गाउँघरमा केटाकेटी, बृद्धबृद्धा बाहेक सबै यार्स संकलनको लागि लेकतिर गएकाले चुनावी प्रचारका लागि आफूहरु पनि लेकतिर जान लागेको अपिहिमाल गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्षपदका उम्मेदवार उर्मिला बोहराले बताउनु भयो । जेठ १ गतेदेखि यार्सा संकलनका लागि बन खुलेकाले सबै लेकतिर लागेका हुन् । सबै स्थानिय लेकतिर गएकाले लेकमै चुनावी अभियान सञ्चालन गरिने नेकपा माओबादी केन्द्रबाट अपिहिमाल गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार भगत सिंह ठेकरेको भनाई छ  ।

मत बदर हुने चिन्ता

चुनावको बेला सबै स्थानिय लेकतिर लागेपछि यसले चुनावलाई प्रभाव पार्ने भन्दै उम्मेदवार चिन्तित छन् । गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएकाले यो शिक्षा यहाँका स्थानियले नपाएपछि मत बदर धेरै हुने उनीहरुको शंका छ । सरकारले प्रदेशनम्बर ७ को चुनावको मिती सारेर निकै समस्या भएको उम्मेदवारको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया