MENU

राजनीति

Ncell Axiata
USAID

महानगर मतगणना : भरतपुरमा विवाद, सर्वदलीय बैठक बस्दै, कहाँको अवस्था के ?

काठमाडौं, जेठ ६ – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत तीन वटा महानगरपालिकामा शनिबार छैठौँ दिन पनि मतगणना चलिरहेको छ । चितवनको भरतपुर महानगरपालिकामा भने मतगणना स्थगित भएको छ । शनिबार बिहान सर्वदलीय बैठक बसेर सहमतिको प्रयास हुँदै छ । 

अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा मतगणना स्थगित भएको हो । 

भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका छन् । मतगणना स्थगित हुनु अघि मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा पछि हुनुहन्छ । 

भरतपुर महानगरपालिका 

माओवादी केन्द्र रेणु दाहाल – १४ हजार ८ सय ९ 
एमाले देवी ज्ञवाली – १५ हजार १ सय ५५ 

पोखरा लेखनाथ महानगरपालिकामा 

एमाले मानबहादुर जिसी – १९ हजार १ सय ४२ 
माओवादी केन्द्र कांग्रेस तालमेल रामजी कुँवर – १७ हजार ४ सय ९९ 

ललिपुर महानगरपालिकाको मेयरमा  

कांग्रेसका चिरीबाबु महर्जन – १५ हजार ४१ 
एमालेका हरिकृष्ण व्यञ्जनकार – १३ हजार २ सय १६

काठमाडौं महानगरपालिकाको मेयरमा

एमालेका विद्यासुन्दर शाक्यले –  १८ हजार १ सय ५५
कांग्रेसका राजुराज जोशीले – १२ हजार ३ सय ३३

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रहरीका सई वडाध्यक्षका उम्मेदवार

    तेह्रथुम, असार ८ – तेह्रथुममा प्रहरी नायव निरीक्षक रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

  • बाबु छोरा नै स्वतन्त्र उम्मेदवार

    ओखलढुंगा, असार ८ – ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकामा बाबु छोरा नै स्वतन्त्र उम्मेदवार बनेका छन् । माने भन्ज्याङ गाउँपालिका-४ का पर्वलाल तामाङ गाउँपालिका प्रमुखका उम्मेदवार बन्नुभएको छ । छोरा मोहनकुमार तामाङ वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

  • ओलीले झापा पुगेर भने – खोलाले बिगार गर्‍यो, खोलो गाउँ पस्यो भने मलाई सम्पर्क गर्नुहोला

    झापा, असार ८ – एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले देश विकासको काम एमाले बाहेक कसैले पनि गर्न नसक्ने बताउनुभएको । बिहीबार झापाको गौरादहमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले एमालेले नागरिकमा विकासको आशा जगाएको दाबी गर्नुभयो ।

  • टीकापुर वडा नं ७ मा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार

    कैलाली, असार ८ – नयाँ शक्ति नेपालले स्थानीय तह चुनावका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ । संघीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले वडा नं ७ मा उपप्रमुख पदसहित बाँकी सबैमा महिलालाई उम्मेदवार बनाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।

  • नेपालगञ्ज चुनावको फैसला ‘कत्लको रात !’ फेरिएला पुरानो शैली ?

    नेपालगञ्ज, असार ८ – बाँकेका ८ वटा स्थानीय तहमध्ये सबै राजनीतिक दलको ध्यान नेपालगञ्ज उपमहानगरपालिकामा केन्द्रित छ । नेपालगञ्ज उपमहानगरपालिकामा मेयरमा १६ र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया