MENU

राजनीति

Ncell Axiata
sagun

​पहिलो महिला मेयर कान्तिकाले लिइन् सपथ

जुम्ला, जेठ ६ – जुम्लाको चन्दननाथ नगरपालिकाको पहिलो मेयर कान्तिका सेजुवालले सपथ ग्रहण गर्नुभएको छ । पहिलो महिला मेयर कान्तिकासँगै चन्दननाथ नगरपालिकाका नवनिर्वाचित पदाधिकारी सबैले सपथग्रहण गरेका छन् । 

नगरपालिकाका मेयर कान्तिका सेजुवाल, उपमेयर अप्सरा न्यौपाने र १० वटा वडाका वडाध्यक्षहरुलाई सपथ ग्रहण गरिएको हो । मुख्य निर्वाचन कार्यालय जुम्लाका अधिकृत बासुदेव न्यौपानेले पहिले नवनिर्वाचित मेयर कान्तिका सेजुवाललाई त्यसपछि उपप्रमुख अप्सरा न्यौपाने र तेस्रो चरणमा वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । मुख्य निर्वाचन अधिकृत न्यौपानेले ऐेतिहासिक स्थानीय तहको निर्वाचन जुम्लामा राम्ररी सम्पन्न भएको र गणतन्त्रको कार्यान्यन भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले निर्वाचनमा सहयोग गर्नुहुने नागरिकहरु, राजनीतिक दल, नागरिक समाज, पत्रकारहरु सबैलाई धन्यवाद दिनु भयो । उहाँले देशले लामो समय पछि जनप्रतिनिधीहरु पाएको र अव साच्चिकै परिवर्तनको महशुुस भएको बताउनु भयो । 

सपथ ग्रहण सँगै पदाधिकारीहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो । सपथग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले पदवहाली छिट्टै हुने र कार्यभार पदाधिकारीको काँधमा आएको हुँदा परिवर्तन हुने अपेक्षा गरिएको बताउनु भयो ।

सपथ ग्रहण कार्यक्रम पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाहीले ऐतिहासिक स्थानीय तहको निर्वाचन सफल गराउने सवैलाई धन्यवाद ज्ञापन गर्दै समाचार संकलन गर्न जिल्ला प्रहरी, जिल्ला प्रशासन र निर्वाचन कार्यालयलाई धन्यवाद दिदै आगामी दिनमा जुम्लालाई संचार पहुचयूक्त गराउनुपर्ने बताउनु भयो । 

सपथ ग्रहणमा चन्दननाथ नगरपालिका वडा नम्बर १ का जयबहादुर रावल, वडा नं २ का अध्यक्ष धनरासी भण्डारी, वडा ३ का अध्यक्ष नन्दवहादुर वुडथापा, वडा ४ का अध्यक्ष जगदिश चौलागाई, वडा ५ का अध्यक्ष अर्जुन कठायत, वडा ६ का अध्यक्ष अजवहादुर रावल, वडा ७ का अध्यक्ष नरविर रावल, वडा ८ का अध्यक्ष नरजित परियार, वडा ९ का मिनवहादुर डाँगी र वडा १० का अध्यक्ष ईश्वरीदत्त न्यौपानेको उपस्थिति रहेको थियो । सपथ ग्रहण कार्यक्रममै अनौपचारिक रुपमा नगरमा देखिएको फोहर र दानसाँघु पुलको विवाद टुंगाउन पहिलो प्रथामिकता दिनुपर्ने सुझावहरु दिईएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया