MENU

राजनीति

Ncell Axiata
sagun

नयाँ शिशुले लड्दैपड्दै नै दौड सिक्छ, हाम्रो उपलब्धिलाई कमजोर आँक्न मिल्दैन : डा. बाबुराम भट्टराई

काठमाडौं, जेठ ६ – नयाँ शक्ति नेपालले स्थानीय तहको पहिलो चरणको चुनावमा पाएको मतका आधारमा आफ्नो उपलब्धिलाई कम आँक्न नमिल्ने बताएको छ । 

पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले विज्ञप्तीमार्फत यो स्थानीय तहबाट पार्टीको यात्रा बल्ल सुरु भएको र यसले सम्भावनाका अनन्त क्षितिज उघ्रिएको बताउनुभएको हो । भरपर्दो नयाँ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिलाई रोज्न बाध्य हुन्छन् भन्ने कुरा चुनावले सिकाएको भन्दै उहाँले नयाँ राजनीतिक संस्कार र प्रणाली स्थापना गर्ने यात्रामा निरन्तर लागिरहने विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । 

यो चुनावी अनुभवले कमजोरी औल्याउँदै पुनर्निर्माणको अवसर दिएको भन्दै उहाँले देशव्यापी रुपमा पार्टी संगठन पुनर्निर्माण र नवनिर्माण गर्दै नागरिक नजिक जाने विज्ञप्तीमा उल्लेख छ । नयाँ शिशुले लड्दैपड्दै नै दौड सिक्छ र सिक्नुपर्छ भन्दै संयोजक भट्टराईले प्रारम्भिक पराजय भोग्नु भनेको असफल हुनु नभएको बताउनुभयो । नागरिकको मत तथा मायाले जिम्मेवारी थपेको पनि उहाँले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया