MENU

राजनीति

Ncell Axiata

भरतपुरमा रोकिएको मतणना सुरु, यस्ता छन् सहमतिका १० बुँदा

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, जेठ ६ – चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना व्यबस्थित रुपमा सुरु गर्न सर्वदलीय बैठकले १० बुँदे समझदारी गरेको छ ।  

शनिबार बिहान सर्वदलीय बैठक बसेर सहमति मतगणनालाई व्यबस्थित, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा सहमति भएको हो ।  

यस्तो छ १० बुँदे सहमति 

१) प्रमुख निर्वाचन आयुक्तले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यबस्था गर्ने
२) मतगणनाको लागि सम्भाव्य समूह मात्र राख्ने
३) मतगणनास्थलमा राजनीतिक दलको प्रमुख वा प्रतिनिधि रहेको छुट्टै डेस्क राख्ने
४) प्रत्येक समूहबाट आउने मतगणनाको परिणाम दलका प्रतिनिधि रहेको डेस्कमा सुनाउने, देखाउने, त्यसपछि सार्वजनिक गर्ने र कम्प्यूटरमा चढाउने
५) मत गणनाको क्रममा देखापर्ने समस्यालाई दलका प्रमुख वा जिम्मेवार प्रतिनिधिहरु राखि समाधान गर्ने
६) अब मतगणना गर्दा एक वडा बढ्दो क्रममा र एक वडा घट्दो क्रममा अर्थात वडा नम्बर २९, वडा नम्बर ११, वडा नम्बर २८ तथा वडा नम्बर १२ अनुसार व्यवस्था गर्ने
७) मतगणना संख्या रेजो लगाउने कर्मचारी व्यवस्थित बनाउने
८) प्रत्येक वडाको मतगणना बाकस खोल्नुअघि यति मतपत्र रहेको र सर्टिङ गर्ने क्रममा यति मतपत्र रहेको भनि जानकारी गराउने
९) पूर्ण बदर मतको अलग तथ्याङ्क राखि सार्वजनिक गर्ने
१०) गुनासा कानून बम्मोजिम सम्बोधन गर्न र समस्या पत्ता लगाई समाधान गर्न एक कार्यदल गठन गर्ने

अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा शुक्रबार बेलुकादेखि मतगणना स्थगित भएको थियो । 

भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका थिए। सर्वदलीय बैठकपछि जारी सहमतिपत्रमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल, राप्रपाका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतमले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया