MENU

अर्थ

Ncell Axiata

रसुवाको मैलुङखोला जलविद्युतले आजदेखि साधारण शेयर दिँदै

रसुवा, जेठ १७ – रसुवाको डाँडागाउँमा रहेको मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले बुधबारदेखि जिल्लाका बासिन्दाका लागि प्राथमिक शेयर अर्थात आइपीओ निष्काशन गर्ने भएको छ । 

प्रभावित क्षेत्र र आयोजना निर्माण भएको रसुवाका सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले बितरण गर्ने ११ करोड ४३ लाख कित्ता सेयर मध्ये पहिलो चरणमा रसुवाका बासिन्दालाई तीन लाख ६८ हजार १४४ कित्ता सेयर बितरण गरिन लागिएको कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले जानकारी दिनुभयो । 

पहिलो चरणमा स्थानीय बासिन्दाका लागि प्रति शेयर १०० रुपैयाँमा तीन लाख ६८ हजार १४४ कित्ता शेयरमध्ये आयोजना प्रभाबित क्षेत्र साविकका हाकु, डाडागाउँ र राम्चे गाविसका प्रभावितलाई एक लाख ८४ हजार ७२ कित्ता र बाँकी एक लाख ८४ हजार ७२ कित्ता सेयर जिल्लाका बासिन्दालाई बितरण गर्न लागिएको कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले जानकारी दिनुभयो । 

ऋण काढेर शेयर खरिद

रसुवाका नागरिकका लागि भनेर चिलिमे जलविद्युत कम्पनीले पहिलो पटक २०६६ सालमा आइपियो जारी गरेको थियो । 

जिल्लाका बासिन्दाका लागि १० प्रतिशत शेयर अनिवार्य दिने व्यवस्था त्यहि बेलादेखि सुरु भएको हो । सुरुवातमा आइपीयो जारी गर्दा पैसा हराउँछ, शेयरमा लगानी गरेर फाइदा हुँदैन भनेर हल्ला भएपछि धेरैजनाले शेयर खरिद गरेनन् । 

तर जतिले शेयर खरिद गरे उनिहरु हिजोआज सामान्य कृषकबाट व्यवसायी बनेका छन् । त्यतिखेर पनि ऋण काढेर शेयर भर्ने धेरै नागारिक थिए । शेयर निस्काशनको समयमा जनता बैंकले लोनमा शेयर खरिद गर्ने व्यवस्था गरिदिएपछि ऋणमा शेयर भर्ने धेरै भएका हुन् । 

अहिले पनि सबै नागारिकसँग शेयरमा लगानी गर्नसक्ने अवस्था छैन् । त्यसकारण पनि ऋण काढ्ने तयारीमा छन् । पार्वतीकुण्ड गाउँपालिका–१ का बलराम विकले १५ हजार रुपैयाँ ऋण काढेर चिलिमेको शेयर खरिद गर्नुभएको थियो । अहिले विकको २६० किस्ता शेयर पुगेको छ । ‘अहिले एक जना वरावर एक सय किस्ता भर्ने र सो भन्दा बढि सेयर खरिद गर्न पाएमा ऋण काढेरै भएपनि एक जना वरावर ५०० किस्ता सम्म भर्ने योजना रहेको विकले सुनाउनुभयो । 

घर बनाउन दिएको किस्ता शेयरमा 

भूकम्पले भत्किएका निजी आवास निर्माणका लागि सरकारले उपलव्ध गराएको पहिलो किस्ता ५० हजार धेरैले दशैँ खर्चमा सकाए । अहिले किस्ता बुझेकामध्ये १० प्रतिशतले मात्र घर निमार्ण थालेका छन् । घर नवनाएर बैंकमा जम्मा गरेर राखेको रकम अव शेयरमा हाल्ने तयारीमा भूकम्प प्रभावित रहेका छन् । घर वनाउन सुरु नगरेका प्रभावितमध्ये धैरेले शेयरमा लगानी गर्ने सोचका साथ अघि बढेका छन् । 

बैंक र प्रशासनमा भिड

शेयर खरिदका लागि जिल्ला प्रशसन कार्यालयमा नागरिकता बनाउने र बैंकमा खाता खोल्नेको भिड लागेको छ । दैनिक १०/१५ जना सेवाग्राही पुग्ने प्रशासनमा एक सातादेखि सेवाग्राहीको भिड लागेको छ । मंगलबार मात्र ९५ जनाले नागरिकता वनाएका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले वताउनुभयो । साथै जिल्लामा सञ्चालित निजी बैैंक तथा वित्तिय संस्थामा खाता खोल्नेको भिड लागेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया