MENU

विज्ञान प्रविधि

Ncell Axiata

रिपिटर स्टेशनमा महिनै पिच्छे चट्याङ पर्दा हुम्ला र मुगुका टेलिकम सेवाग्राहीलाई सास्ती

मुगु, जेठ १७ – नेपाल टेलिकमको जुम्लाको डाँफेमा रहेको मोबाइल रिपिटर स्टेशनमा महिनै पिच्छे चट्याङ परेर सेवा अवरुद्ध हुँदा कर्णालीको मुगु र हुम्लाका सेवाग्राही मारमा परेका छन् । 

गएको १२ गते स्टेशनमा परेको चट्याङका कारण अवरुद्ध सेवा अहिलेसम्म सुरु हुन सकेको छैन । नेपालगञ्जदेखि कर्णालीको हुम्ला र मुगुसम्म नेटवर्क पुर्‍याउनका लागि राखिएका ९ वटा स्टेशन मध्ये सबैभन्दा अग्लो ४ हजार दुई सय मिटर उचाईमा रहेको सो रिपिटर स्टेशनमा एक वर्षको बिचमा ५ पटक चट्याङ पर्दा रेडियो मेशिनमा खरावी आई सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकम मुगुका शाखा प्रमुख कमप्रसाद केसीले बताउनुभयो । ‘चट्याङका कारण रिपिटर स्टेशनमा खराबी आउँदा हुम्ला र मुगुका सेवाग्राही धेरै पटक सञ्चार बिहीन हुन परेको छ’ केसीले भन्नुभयो, ‘स्टेशन भएको ठाउँ धेरै उचाईमा भएका कारण त्यहाँ ढुङ्गा मात्रै भएकाले टेलिकमले अपनाएको दुई गुणाको सर्तकता उपलब्धिमुलक हुन सकिरहेको छैन ।’

सो रिपिटर स्टेशनमा नेपाल टेलिकमले राख्नुपर्ने भन्दा दुई गुणा अर्थिङ बढि राखेर शर्तकता अपनाएको भए पनि डाफेँलेक क्षेत्रमा माटोभन्दा ढुङ्गा धेरै भएकाले अर्थिङले प्रभावकारी काम गर्न सकिरहेको छैन । सेवा अवरुद्ध हुँदा टेलिकमका सबै सेवाहरु सञ्चालनमा छैनन् । गएको १२ गते परेको चट्याङका कारण रिपिटर स्टेशनमा रहेका ६ वटा रेडियो मेशिन बिग्रिएको थियो भने मगंलबार सामान ल्याईसेवा सुरु गर्न काम सुचारु भईसकेको छ ।

रिपिटर स्टेशन भएको ठाउँमा लगातार परिरहेको पानीका कारण काम गर्न कठिनाई भईरहेको जानकारी प्राप्त भएको टेलिकम मुगुले जनाएको छ । अन्यत्र सेवा अवरुद्ध भएको भए पनि कर्णालीकै प्रमुख पर्यटकीय स्थल मुगुको रारा ताल वरपर भने स्याटेलाईटबाट खिचिएको नेटवर्कका कारण सेवा सुचारु नै छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

  • पार्किन्सनको उपचारमा नयाँ सम्भावना : फैलिनबाट रोक्न सकिने

    साउन २१ – पार्किन्सन रोग फैलिनबाट रोक्न सकिने एक अध्ययनले देखाएको छ । मधुमेह रोगको उपचारका लागि प्रयोग गरिने औषधिको प्रयोग गरेर पार्किन्सन रोग थप बिस्तार हुनबाट रोक्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

  • वंशाणुगत रोगबाट छुट्कारा पाउने उपाय, डिएनए एडिटिङ

    साउन १९ – भ्रुणको डिएनएमा गरिने सामान्य परिवर्तनबाट वंशाणुगत रुपमा लाग्ने रोगबाट जोगिन सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले पहिलोपटक एक भ्रुणको डिएनएमा रहेको मुटु सम्बन्धी रोगको वंशाणुगत अवगुण हटाएका छन् ।

  • दक्षिण एसियामा तापक्रम बृद्धिको असर: मानिस बाँच्नै नसक्ने गरी गर्मी बढ्ने चेतावनी

    दक्षिण एसियामा गर्मी तथा आद्रता अस्वभाविक रुपमा बढ्दै गएको र यसका कारण दशौंलाख मानिस प्रभावित हुने देखिएको छ । नयाँ अध्ययन अनुसार विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धिले गर्दा दक्षिण एसियाली क्षेत्र बढी प्रभावित हुने देखिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया