MENU

विचार/अनुभूति

बेमौसमी डेंगु काठमाडौंमा ! बच्ने सरल उपाय के ?

डा. शेरबहादुर पुन -

केही दिन अगाडी एक जना २५ वर्षका वयस्क ज्वरो आउने, आखाँको गेडी दुख्ने, शरीरमा स–साना बिबिरा देखिने, जोर्नी दुख्ने, टाउको दुख्ने लक्षणहरु लिएर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भए । उनको जाच पछि डेंगु भाइरस देखियो ।

ती बिरामीको घर धादिङ भएपनि केही हप्तादेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । त्यस्तै काठमाडौं, कीर्तिपुर बस्ने २९ वर्षका युवकमा पनि डेंगु भाइरस देखिएसँगै काठमाडौंमा र ललितपुर जिल्लामा रैथाने डेंगु  देखिन थालेको देखिन्छ ।

यी बिरामीहरु बाहेक बाहिरबाट डेंगु परीक्षण गर्न आएका संकास्पद बिरामीमा पनि देखा परेको छ । यो समय डेंगु देखिने समय नभएकोले चिकित्सक तथा अनुसन्धानकर्ताको पनि आश्चर्यको बिषय भएको देखिन्छ । अध्ययनले डेंगु संक्रमण नेपालमा खासगरी मनसुन सकिए लगतै प्रकोपको रुपमा देखा पर्ने गरेको देखाएका छन् ।

यद्यपी लामखुट्टे खासगरी तराई क्षेत्रमा वर्षैभरि जसो देखिने भएकोले त्यस क्षेत्रमा डेंगु न्यून गतिमा भएपनि प्रसारण भएको हुन सक्छ । बच्ने उपायहरु अबलम्बन गरे डेंगु प्रसारणलाई धेरै हदसम्म कम गर्न भने सकिन्छ ।

के गर्ने ?

१. पानी जम्ने खाल्ड खुल्डी घर वरिपरि नराख्ने । 

२. टायर, प्लास्टिकका बोतलहरु व्यवस्थित गर्ने । 

३. गमलामुनिको प्लेटमा पानी जम्न नदिने । 

४. यदी घरमा कोही डेंगु संक्रमित बिरामी भए बिरामीलाई लामखुट्टेले र अरु घरको सदस्यलाई नटोक्कने  वातावरण सृजना गर्ने ।

५. लामखुट्टेको झुल खासगरी बच्चाहरु सुत्दा अनिवार्य प्रयोग गरौ । बच्चाहरु दिनमा पनि सुत्ने र डेंगु सार्ने लामखुट्टे पनि दिनमा नै बढी सक्रिय हुने भएकोले लामखुट्टेको टोकाई बाट बचाउन सकिनेछ ।

६. कुलर प्रयोग गरिरहेको भए वाटर ट्रे सधँै सफा राख्नु पर्दछ ।

७. तुलसीको बिरुवामा भएको बिशेष प्रकारको गन्धले गर्दा लामखुट्टेले आफ्नो वृद्धी विकाश गर्न सक्दैन त्यसैले तुलसीको बिरुवा घर वरिपरी रोपेमा लामखुट्टे कम गराउन मदत मिल्नेछ ।

८. सहजै उपलब्ध हुने कपुरलाई बालेर कोठामा झन्डै २० मिनेट जति ढोका र झ्याल बन्द गरेर राखेमा पनि  कोठालाई  लामखुट्टे मुक्त गराउन मदत मिल्नेछ ।    

नेपाल सरकारको अभियान ‘लामखुट्टे खोज र नष्ट’ अभियान भन्दा ‘डेंगु बिरुद्ध जनचेतनामुलक कार्यक्रम’ को अवधारणलाई अगाडि बढाएमा डेंगु प्रकोप रोक्न बढी उपयोगी हुन सक्छ ।  तराईमा बाह्रै महिना लामखुट्टे जन्य रोगहरु देखिने भएकाले यस्ता कार्यक्रमहरु त्यस क्षेत्रमा अझ  प्रभावकारी रुपमा अभियानको रुपमा लगिनु पर्दछ ।   

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

     

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया