MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

रञ्जु दर्शनालाई खुला पत्र - खेल हारे पनि म्यान अफ द म्याच भयौ

सरोज पौडेल -

आत्मिय बहिनी रञ्जु दर्शना, 

सर्वप्रथम त तिमी र तिम्रो शाहसला सम्मान छ । काम कम कुरा बढी गर्नेहरुको शहर काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आँट गर्यौ । रिटायर्ड लाइफमा पेन्सन खाँदै समाजसेवाको नाममा राजनीति गर्नेहरुको भिडमा तिमी एक्लो वृहस्पति थियौ जसले युवाको प्रतिनिधित्व गर्न सकोस् । 

मत परिणामाको नतिजा सार्वजानिक हुन थाल्दा तिमी त यसरी विजयी भयौ नि तिमीले अन्तिम मत परिणाम कुर्नुपर्ने जरुरी नै देखिएन । प्राविधिक रुपमा तिमीले चुनाव त जितेनौ तर पनि हाम्रो मन जितेकी छौ । तिमीले पुष्टि गरिदियौ की चुनाव जित्नुभन्दा ठूलो कुरा भनेको मन जित्नु रहेछ, जुन मन तिमीले जितेकी छौ । 

रञ्जु, आफूसँगको विजेता प्रतिस्पर्धिलाई माला लगाइदिन ठूलो मन, आट र मुटु पनि चाहिन्छ । नैतिकता हराएको यो शहरमा तिमीले देखाएको नैतिकता, आट र शाहस आउने युवापुस्ताको लागि प्रेरणा बन्नेछ । मैले माथी पनि भनिसकँे निर्वाचनमा तिमी प्राविधिक रुपमा विजयी नभए पनि यो चुनावको तिमी ‘म्यान अफ दि म्याच’ हौ । रञ्जु तिमीले नसम्झनु चुनावमा परिणाम सार्वजानिक भएपछि मेरो भूमिका सकियो, तर अब तिम्रो भूमिका सुरु भएको छ । 

तिमी अब आज भन्दा २ महिना अघिको एउटा सामान्य युवती मात्र रहेनौ । युवाको आशाको केन्द्र र  यो निर्वाचनमा तिमीले प्राप्त गरेको झण्डै २३ हजार मतको प्रतिनिधि पनि हौ ।  म्यान अफ द म्याच हुनुको नाताले निश्चय पनि तिमीले अब केही कामहरु गर्नुपर्नेछ । सवैभन्दा मुख्य कुरा त तिमीले झण्डै झण्डै तिमी जत्तिकै उमेर भएको पार्टी नेकपा माओवादी केन्द्रलाई लाृेकतन्त्र भनेको के हो त्यो बुझाउनुपर्ने छ माओवादी पार्टीबाट भरतपुरमा मेयरको पदमा उम्मेदवारी दिएकी उमेरले तिम्री दिदी रेणु दाहाललाई चुनावमा प्रतिस्पर्धिको भूमिका के हुन्छ भन्ने वारेमा अलिकति बताइदिनुपर्नेछ । तिमी भन्दा उमेरले झण्डै ४५ वर्ष जेठो कांग्रेस र तिम्रै उमेर हाराहारीको  माओवादीलाई लोकतन्त्रमा प्रतिस्पर्धा भनेको के हो र हारजित हुँदा कसरी स्वीकार गर्ने भन्ने बारेमा तिमीले बुझाइदिनु पर्नेछ ।    

त्यतिमात्रै होइन रञ्जु, विकास निर्माणको सवालमा पनि तिमीले अब महत्वपूर्ण भूमिका खेल्नुपर्ने छ । केपि ओलीको मात्र सपना होइन काठमाडौंमा मोनोरेल गुड्ने कुरा, खाडीमा पसिना बगाइरहेका हजारौँ युवाहरुको चाहाना पनि हो भन्ने कुरा पुष्टि गर्नुपर्नेछ । घरघरमा ग्यासपाइप जोडने कुरा हाम्रैपालामा सम्भव छ भन्ने कुरा देखाउनुपर्ने छ । सफा काठमाडौं, समृद्ध काठमाडौं तिम्रो पनि चाहाना हो भन्ने देखाउनु छ । गरिबहरुले  पनि निःशुल्क पढ्न पाउनेकुरामा तिम्रा भूमिकामा हुनेछन् । हावाबाट विजुलि निकाल्ने कुरालाई हावा मान्नेहरुलाई त्यहि हावाको विजुलीमा पकाएको खाना खाँदै आफ्नै स्याटेलाइटबाट इन्टरनेट चलाउने बनाइदिनु छ । विष्णुमती, वाग्मती लागायतका नदीको सफाइको कुरा होलान, खेल मैदानदेखि पार्क निर्माणसम्मका कुरा, शिक्षाका कुरा हुँदै स्वास्थ्यसम्मको कुरा होलान । काठमाडौंमा  निर्वाचित मेयरलाई विकास निर्माणमा साथ दिँदै तिम्रा योजनाहरुको कार्यान्वयन गराउने महत्वपूर्ण चरणमा तिमी प्रवेश गरेको छौ । 

अन्त्यमा, 
    तिमीले आफूलाई सुधार गर्नुपर्ने केही कुरा छन् । तिमी अब पहिलाको रञ्जु होइनौ, काठमाडौंका बासिन्दाले आशा गरेकी रञ्जु हौ, त्यसकारण तिमीले पहिले जस्तो अरु पार्टीका नेताहरुलाई सम्बोधन गर्ने शव्दमा सचेत हुनैपर्छ ।  अर्को कुरा नेपाली मिडियाहरुले हिजोआज कसैलाई रातारात सुपरहिट बनाइदिन्छन् र रातारात सडकमा पनि पुर्याइदिन्छन् । तिमी यस्ता कुराबाट पनि सचेत हुनुपर्ने छ । खुशीबाट नमात्तिनु, दुःखमा नआत्तिनु । नेपालको राजनीतिमा तिम्रो उपस्थितीले सकारात्मक गति लिन सकोस । केही समय अघि तरकारीेवालीको नाममा एक युवतीलाई रातारात हिट बनाइदिएजस्तै तिमीलाई पनि रातारात हिट बनाइएका छन् । तर तरकारीवाली गुमनाम भएजस्तै केही समय पछि गुमनाम नहुनु, चुनाव त फेरि फेरि पनि आउने नै छ । आउने चुनाव जित्ने गरि लाग्नु बाँकी जीवन सफलताको शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया