MENU

अर्थ

Ncell Axiata
NIC Asia

​ग्राहक ठगेपछि युएईका ६ वटा मनी एक्सचेन्ज बन्द गराइयो

जेठ १९ – युएईका ६ वटा मनी एक्सचेन्ज हाउस बन्द भएका छन् । ग्राहकबाट रकम लिएर अनियमितता गरेको भन्दै युएई सेन्ट्रल बैंकले ती हाउसहरुलाई बन्द गरेको हो ।

ग्राहकबाट रकम लिए पनि सम्बन्धित ठाउँमा लामो समयसम्म रकम नपुगेको भन्दै उजुरी दिएपछि तत्काल साना हाउस बन्द गरेको हो । बैंकले आबुधावीको कानुन मन्त्रालयसँग समन्वय गरी घट्नाको छानविन टोली बनाउने तयारी गरिरहेको छ । 

समितीले घट्नाको छानविन गरी कति रकम ठगी भएको भन्ने पत्ता लगाएर आश्वक प्रक्रिया अगाडि बढाउने जनाएको छ । हाउसले कति रकम ग्राहकबाट ठगी गरेको भन्ने चाहिँ खुलाइएको छैन । ग्राहकले उजुरी दिएका आधारमा एक हजारदेखि ४५ हजार दिर्हाम रकम ठगी गरेको पाइएको छ । 

ठगीमा परेका ग्राहकलाई नआत्तिन आग्रह गर्दै मनी एक्सचेन्ज हाउस एसोसिएसनले छिट्टै बैंकबाट त्यो रकम फिर्ता गर्ने आश्वासन दिएको छ । युएईका स्थानीय र एसियन नागरिकले चलाएको एक्सचेन्ज हाउस मध्येमा तीन वटा दुवईमा, दुई वटा आबुधावीमा र एक वटा सारजहाँमा रहेका थिए । बैंकले ती हाउसहरु बन्द गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया