MENU

अर्थ

Ncell Axiata
NIC Asia

मलेसियन रिंगिटको मूल्य बढ्यो, दिनार, रियाल र दिर्हाम स्थिर

काठमाडौं, जेठ २१ – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४३ पैसा र विक्रिदर २७ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र विक्रिदर २८ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०३ पैसा र विक्रिदर २४ रुपैयाँ १७ पैसा रहेको छ ।

 कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १६ पैसा र विक्रिदर ९ रुपैयाँ १२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ७५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ७५ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ३४ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया