MENU

अर्थ

Ncell Axiata
USAID

एनसेलले बुझायो १३ अर्ब लाभकर

काठमाडौं, जेठ २१ – एनसेलले पूँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । ऐनसेलले आइतबार आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको लाभकर बुझाएको हो । 

स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो भने त्यसबापतको लाभकर तिर्न आनाकानी गर्दै आएको थियो ।

एनसेलले यसअघि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर बुझाएको थियो । लाभकर नबुझाएको भन्दै एनसेलको चर्को आलोचनासँगै विभिन्न स्तरको दबाव पनि रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया