MENU

अर्थ

Ncell Axiata

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं, जेठ २१ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासँगै काम चलाउ सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । यो आयोजना बनाउने बारेमा आइतबार ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी सिजिजिसी बिच प्रारम्भिक सम्झौता भएको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो आयोजना अघि बढाउने पहिलो सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ऊर्जामन्त्री जनार्दन शर्मा र सिजिजिसीका प्रतिनिधिले आइतबार हस्ताक्षर गरेका छन् । तीन खर्ब रुपैयाँ लाग्ने १२ सय मेगावाट क्षमताको आयोजनाको सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गर्नेछ । 

निर्माण सम्पन्न भएपछि सरकारलाई हस्तान्तरण गर्ने उर्जा मन्त्रालयको दाबी छ । आयोजना नेपाल सरकारले नै बनाउने भन्दै त्यसका लागि लगानी जुटाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच  रुपैयाँ पूर्वाधार कर पोहोरदेखि उठाउन थालिएको थियो । यसरी अहिलेसम्म नौ अर्ब रुपैयाँभन्दा धेरै रकम संकलन भइसकेको छ ।

सुरुमा सरकार आफैंले बनाउने भने पनि प्रचण्ड नेतृत्वको सरकारले आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको हो । आयोजनाका जिम्मा लिने चिनियाँ कम्पनी गेजुवाले यसअघि नेपालकै अन्य आयोजनामा पाएको जिम्मेवारी पूरा गरेको छैन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया