MENU

अर्थ

Ncell Axiata

१३ वर्षमा १ सय ६० अर्ब राजश्व तिरेको एनसेलको दावी, हिजो १३ अर्ब भुक्तानी

काठमाडौं, जेठ २२ – एनसेलले पूँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । एनसेलले आइतबार आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको लाभकर बुझाएको हो । 

ठूला करदाता कार्यालयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३ अर्ब रुपैयाँ दाखिला गरेको पुष्टि गरेको छ ।

स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो भने त्यसबापतको लाभकर तिर्न आनाकानी गर्दै आएको थियो । 

एनसेलले यसअघि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर बुझाएको थियो । लाभकर नबुझाएको भन्दै एनसेलको चर्को आलोचनासँगै विभिन्न स्तरको दबाव पनि रहँदै आएको थियो ।

कम्पनी संचालनको १३ वर्ष (आर्थिक वर्ष २०६१/६२ देखि मा यही जेठ १८ गतेसम्म) मा सरकारलाई विभिन्न शीर्षकमा १ सय ६० अर्ब रुपैयाँभन्दा बढी राजश्व तिरेको एनसेलको दावी छ । सन् २०१६ मा कम्पनीको संचालन तथा पूँजीगत लगानी २५ अर्ब ८० करोड रुपैयाँभन्दा बढी रहेको जनाएको छ । आफ्नो व्यवसाय संचालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा झण्डै एक लाख १० हजार रोजगारीमा समेत योगदान गरेको जनाएको छ ।

एनसेलले अहिलेसम्म गरेको कुलअग्रिम दाखिलाको आधारमा ठूला करदाताकार्यलयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको प्रमाणीकरण गर्दै यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्णरुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ । 

एनसेल यस कारोबारको संलग्न पक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा पुर्‍याउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो रहेको दावी गरेको छ । 

‘एनसेलले सधैँ नेपालको कानुनको परिपालना गरेको छ, आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले विज्ञप्तीमार्फत भन्नुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया