MENU

समाज

Ncell Axiata

पुनर्निर्माणका चुनौतीः प्राविधिक सहयोग, चेतना र दक्ष जनशक्ति

मदन पौड्याल/उज्यालो । 

काठमाडौं, जेठ २३ – ‘पुरानो अन्तै गए, नयाँसँग भेट्दा आउँछु त भनेका थिए तर अझै आएका छैनन् । कहिले आउने हुन् थाहा पनि छैन । खोज्दै कहाँ जानु बस्ने ठाउँ पनि थाहा छैन ।' 

रसुवा गोसाइकुण्ड गाउँपालिका–३ का कृष्णबहादुर कुमाल भन्नुहुन्छ ‘पहिलो किस्तामा पाएको अनुदान रकमले घरको जग बस्यो । भताभुङग भएको घर बन्न आँटिसक्यो । फोटो खिचेर लगेका थिए तर पुराना इन्जिनियरको अन्तै सरुवा भएछ । सिफारिस बेलैमा नपाउँदा दोस्रो किस्ताको अझै अत्तोपत्तो नै छैन ।’ भूकम्प प्रभावितका यस्ता गुनासा प्राधिकरणले सुन्दै र झेल्दै आएको छ । तर अझै पनि कसरी समाधान गर्ने भनेर उचित ध्यान पुगेको छैन ।

दोस्रो किस्ता लिन सकस

प्राविधिक ईन्जिनियर समयमै गाउँघरमा नपुग्ने, बन्दै गरेको घरको अवलोकन नगर्नेे, आफ्नै पाराले घर बनाउँदा पनि अनुदान नपाउने यस्ता अनेक अन्यौल र समस्याले प्रभावित थप मर्कामा परेका छन् । दिन्छु भनेको अनुदान र दक्ष जनशक्तिको बेलैमा समन्वय हुन नसक्दा भूकम्पले भत्किएका घर बनाउन ढिलासुस्ती भइरहेको छ ।

प्राधिकरणले पहिलो किस्तामा ५० हजार, दोश्रो किस्तामा डेढ लाख अनि तेश्रो किस्तामा एक लाख रुपैयाँ दिने भनेको छ । तर ९८ प्रतिशत प्रभावितले पहिलो किस्ताको अनुदान पाइसकेको अवस्थामा दोस्रो किस्ता पाउनेको संख्या भने २० हजार मात्रै पुगेको छ । झण्डै ५० हजार प्रभावितले दोस्रो किस्ता कुरेका छन् तर पाउन सकेका छैनन् । 
तथ्यांकमा प्रभावित
पछिल्लो तथ्यांकमा ७ लाख १७ हजार २ सय ५१ भूकम्प प्रभावित पहिचान भएका छन् । तर ५ लाख ८१ हजार ७ सय १९ जनासँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता भएका मध्ये पनि ५ लाख ६२ हजार २ सय १३ प्रभावितले पहिलो किस्ताको ५० हजार रुपैयाँ लगिसकेका छन् । पहिलो किस्ता केही छुटफुट बाहेक सबैमा पुगिसक्यो । अब दोश्रो किस्ता र लगत्तै तेश्रो किस्ताको पालो छ । अहिले सम्म २७ हजार ४ सय ४४ घर बनिसकेका छन् । ५७ हजार ७ सय ९१ घर निर्माण हुँदै गरेको प्राधिकरणको तथ्यांक छ ।

घर बनाउँदै गरेका र बनाइसकेकाले पनि पाएनन् दोस्रो किस्ता

एक दिन भएपनि घर बन्न ढिला नहोस् भन्ने प्रभावितको चाहना छ । यो स्वभाविक पनि हो । घर नहुँदा खेप्नुपरेका पिडाले मन उकुसमुकुस भइसकेको छ । घर बनाउँदै गरेका एकथरी प्रभावित दोस्रो किस्ता कुर्दैछन् भने बनाइसकेकाले पनि पाउन सकेका छैनन् । कतिपयले घर निर्माणको अन्तिम चरणमा पु¥याएर तेश्रो किस्ता पाउनुपर्ने अवस्थामा पनि दोश्रो किस्ता समेत पाएका छैनन् । 

प्राविधिक सहयोग, चेतना र दक्ष जनशक्ति अझै पनि चुनौती

प्राधिकरणको मुख्य जिम्मेवारी नै प्रभावितलाई आर्थिक र प्राविधिक सहयोग गर्नु हो । तर घर बनाउन आवश्यक प्राविधिक सहयोग, चेतना र दक्ष जनशक्ति भने अझै पनि चुनौतीकै रुपमा छन् भन्नुहुन्छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषाल ।

‘पुनर्निर्माणमा केही ढिलाई भएपनि तीव्रता दिन प्राधिकरणका तर्फबाट हरसंभव प्रयास भएको छ । विशेषगरी प्रभावित परिवारले घर बनाउन सरकारले घोषणा गरेको अनुदान लिन ढिला नहोस् भन्ने चाहना छ । त्यसका लागि प्रभावित जिल्लामा १५ अर्ब रुपैयाँ अग्रिम पुगिसकेको छ ।’

सरकारी, गैरसरकारी निकायले भूकम्प प्रभावितका लागि गरेको सहयोग पर्याप्त छैन । मापदण्ड अनुसार प्रभावितले जग हाले कि हालेनन् अथवा आफ्नै बलबुतामा घर बनाइसकेकालाई पनि मापदण्ड अनुरुप बनेको छ कि छैन भनेर हेरेर अनुदान रकम दिन ढिला भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पहाड उक्लिए टेम्पो, सहज बन्यो यात्रा

    एक वर्ष अघिसम्म जिरिखिम्तीदेखि सदरमुकाम म्याङलुङ्ग आउन ठूला सार्वजनिक यातायात कुर्नुको विकल्प थिएन । चाहेको बेला छोटो दुरीको यात्रा गर्न आफ्नै सवारी साधन हुनुपथ्र्यो कि त पुरै गाडी भाडामा लिनुपथ्र्यो ।

  • दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

    पोखरा, भदौ २ – उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि बिहीबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ ।

  • सम्पदा पुनर्निर्माणमा जापानको चासो

    काठमाडौं, भदौ २ – जापानले भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा बिशेष चासो देखाएको छ ।

  • मेट्रो, सिआइबी, महाशाखा र परिसरमा सरुवा हुन आइजिपीदेखि मन्त्रीसम्मको सोर्स

    प्रहरी अधिकृत सरुवाका लागि शक्ति केन्द्र धाउन थालेका छन् । चुनौतीपूर्ण र आकर्षक मानिने महानगरीय प्रहरी आयुक्तको कार्यालय मेट्रो, केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा सरुवा हुनका लागि शक्ति केन्द्र धाउनेको लर्को नै लाग्ने गरेको छ ।

  • महोत्तरीका बाढीप्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढे

    महोत्तरी, भदौ १ – महोत्तरीका बाढी प्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । बाढी प्रभावित ठाउँमा चलाइएको स्वास्थ्य शिविरमा ज्वरो र झाडापखालाका बिरामी धेरै भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया