MENU

अर्थ

Ncell Axiata
NIC Asia

कतारसँग छिमेकी देशले कुटनीतिक सम्बन्ध तोड्दा नेपालको सुन बजारमा असर पर्ने

काठमाडौं, जेठ २३ – सात राष्ट्रले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि नेपाली सुन बजारमा पनि त्यसको असर पर्ने भएको छ । अहिले खाडी देशबाट सुन आयात भइरहेकाले यसको प्रत्यक्ष असर सुन बजारमा पर्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधरले बताउनुभयो ।

उहाँका अनुसार सात राष्ट्रको प्रतिबन्धपछि कतारले अब चाल्ने कदमले नेपाली सुन बजारमा प्रभाव पर्नेछ । कतारबाट कुनै ठोस निर्णय आइनसकेकोले पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो । यसैबिच मंगलबार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ५५ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । यो महिना लागेपछि सुनचाँदीको कारोबार सुस्त भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चुनावको चटारो र खासै विवाह लगन नभएकाले कारोबार सुस्त भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया