MENU

यो पनि समाचार

ujyaalo forign call inside

मयुरले फुटायो रक्सीका बोतल (भिडियोसहित)

जेठ २४ – सुन्दा अचम्म र जोक्स जस्तो लाग्न सक्छ, एउटा मयुरले रक्सी तथा स्याम्पेयनको बोतल फुटाएको छ । अमेरिकाको क्यालिफोर्नियाको एक स्टोरमा पसेको मयुरले पाँच सय अमेरिकी डलर (५१ हजार पाँच सय रुपैयाँ) बराबरको रक्सी तथा स्याम्पेनको बोतल फुटाएको हो ।

क्यालिफोर्नियाको ५०० ब्लक, नर्थ फस्ट एभिन्युमा हरेको रोयल ओक्स लिक्वेयर स्टोरमा पसेको मयुरले रक्सीको बोटल फुटाएको हो । पशु नियन्त्रण अधिकारीले मयुरलाई समात्न नेटको प्रयोग गरेका थिए ।

तर त्यसक्रममा मयुरले स्टोरमा रहेका बोतल खसालेको हो । सोमबार भएको घटनाको भिडियो स्टोरको सिसिटिभीमा कैद भएको छ । मयुरलाई पशु नियन्त्रण अधिकारीले समातेर जंगलमा छाडेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया