MENU

विज्ञान प्रविधि

Ncell Axiata

एनसेलले थ्रिजी सेवा दोब्बर पार्दै, ४० सहरमा फोरजीको योजना

काठमाडौं, जेठ २५ – एनसेलले थ्रिजी प्रविधिमा आधारित मोवाइल इन्टरनेट सेवाको विस्तार गर्ने जनाएको छ । ९ सय मेगाहर्ज र १८ सय मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको ६० प्रतिशत जनसंख्यामा सेवा पुर्याउने एनसेलको दावी छ । 

प्रविधि तटस्थता मार्फत एनसेलले १ करोड ७० लाख भन्दा बढी नेपाली नागरिकमा थ्रिजी सेवा पुर्‍याई उनीहरुलाई दु्रत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्ने योजना बनाएको हो ।
 
एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङ्गको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङ्गको झोङ्ग, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङ्गला जस्ता १ हजार भन्दा बढी ग्रामीण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने जनाएको छ । 

‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं ।  यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरहरुको सिर्जना र कुल गार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भूमिका खेल्नेछ’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भन्नुभयो । ‘यी लक्ष्य प्राप्तिका लागि हामीले आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पूर्वाधार निर्माणका लागि ३० अर्ब रुपैयाँसम्मको लगानी प्रतिबद्ध गरेका छौँ । संयुक्तरुपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि हामी पूर्णरुपमा समर्पित छौँ ।’
 
एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जस अन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी चलाउन सक्छन् । साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्य लिई एनसेलले अहिले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवाको योजना तथा परीक्षण गरीरहेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

  • पार्किन्सनको उपचारमा नयाँ सम्भावना : फैलिनबाट रोक्न सकिने

    साउन २१ – पार्किन्सन रोग फैलिनबाट रोक्न सकिने एक अध्ययनले देखाएको छ । मधुमेह रोगको उपचारका लागि प्रयोग गरिने औषधिको प्रयोग गरेर पार्किन्सन रोग थप बिस्तार हुनबाट रोक्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

  • वंशाणुगत रोगबाट छुट्कारा पाउने उपाय, डिएनए एडिटिङ

    साउन १९ – भ्रुणको डिएनएमा गरिने सामान्य परिवर्तनबाट वंशाणुगत रुपमा लाग्ने रोगबाट जोगिन सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले पहिलोपटक एक भ्रुणको डिएनएमा रहेको मुटु सम्बन्धी रोगको वंशाणुगत अवगुण हटाएका छन् ।

  • दक्षिण एसियामा तापक्रम बृद्धिको असर: मानिस बाँच्नै नसक्ने गरी गर्मी बढ्ने चेतावनी

    दक्षिण एसियामा गर्मी तथा आद्रता अस्वभाविक रुपमा बढ्दै गएको र यसका कारण दशौंलाख मानिस प्रभावित हुने देखिएको छ । नयाँ अध्ययन अनुसार विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धिले गर्दा दक्षिण एसियाली क्षेत्र बढी प्रभावित हुने देखिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया