MENU

विज्ञान प्रविधि

Ncell Axiata

युएईमा पासपोर्टको सट्टा ‘स्मार्ट युएई वालेट’ प्रयोगमा

काठमाडौं, जेठ २६ – दुवईमा पासपोर्टको सट्टा ‘स्मार्ट युएई वालेट’ प्रयोगमा आएको छ । दुवईको इन्टरनेशनल एयरपोर्टबाट प्रस्थान गर्ने यात्रुले अब पासपोर्टको सट्टा यो वालेट प्रयोग गर्नु पर्ने छ ।

दुवईको विदेश मन्त्रालय, प्रहरी र सर्वाजनिक सुरक्षा परिषदले इमिरेट्स एयरलाइन्स सँगको सहकार्यमा गएको मंगलबार दुवई अन्र्तराष्ट्रिय विमानस्थलमा यो सेवा सुरु गरेको हो ।

स्मार्ट वालेटले सुरुवातमा व्यक्तिगत परिचय पत्र, पासपोर्टको विवरण र यात्रुको लागि स्मार्ट गेट कार्ड डाटा हुन्छ ।

यो नयाँ सेवाबाट यात्रुलाई प्रस्थान समय कम लाग्ने अपेक्षा गरिएको छ । यो एपले यात्रुको समय र उनिहरुको कागजपत्रलाई पनि सुरक्षित गर्ने छ । यात्रुले स्मार्ट गेटमा स्मार्ट फोनको प्रयोग गरे पुग्छ । उनीहरुको अन्तीम प्रस्थानको लागि फिङ्गर प्रिन्ट दिन पर्ने छ ।

तत्कालका लागि यो एप विमानस्थलको ट्रमिनल ३ मा प्रयोग गरिएको छ । अरु एयरलाइन्स सँग पनि यो एप जोडिसकेपछि सबै ट्रमिनलमा प्रयोग गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

  • पार्किन्सनको उपचारमा नयाँ सम्भावना : फैलिनबाट रोक्न सकिने

    साउन २१ – पार्किन्सन रोग फैलिनबाट रोक्न सकिने एक अध्ययनले देखाएको छ । मधुमेह रोगको उपचारका लागि प्रयोग गरिने औषधिको प्रयोग गरेर पार्किन्सन रोग थप बिस्तार हुनबाट रोक्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

  • वंशाणुगत रोगबाट छुट्कारा पाउने उपाय, डिएनए एडिटिङ

    साउन १९ – भ्रुणको डिएनएमा गरिने सामान्य परिवर्तनबाट वंशाणुगत रुपमा लाग्ने रोगबाट जोगिन सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले पहिलोपटक एक भ्रुणको डिएनएमा रहेको मुटु सम्बन्धी रोगको वंशाणुगत अवगुण हटाएका छन् ।

  • दक्षिण एसियामा तापक्रम बृद्धिको असर: मानिस बाँच्नै नसक्ने गरी गर्मी बढ्ने चेतावनी

    दक्षिण एसियामा गर्मी तथा आद्रता अस्वभाविक रुपमा बढ्दै गएको र यसका कारण दशौंलाख मानिस प्रभावित हुने देखिएको छ । नयाँ अध्ययन अनुसार विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धिले गर्दा दक्षिण एसियाली क्षेत्र बढी प्रभावित हुने देखिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया