अन्तर्वार्ता
कतारको विदेश नीतिमा कसैलाई हस्तक्षेप गर्ने अधिकार छैन : कतारी विदेश मन्त्री
- Friday, Jun 09, 2017
- 12:32 PM ( 10 months ago )
- Total Views: 17.8 K
जेठ २६ – कतारका विदेश मन्त्रीले आफ्नो विदेश नीतिमा कसैलाई पनि हस्तक्षेप गर्ने अधिकार नभएको बताउनु भएको छ । कतारको विदेश नीतिमा सम्बन्ध विच्छेद गरेका सात देशको हस्तक्षेप मान्य नहुने मन्त्री शेख महम्मद बिन अब्दुलरहमान अल थानीले बताउनु भएको हो ।
समस्या समाधानको कुनै सैनिक उपाय नभएको भन्दै उहाँले कुटनीतिक माध्यमबाट समस्याको समाधानका लागि आफूहरु तयार रहेको बताउनु भयो । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरब सहित सात देशले सोमबारदेखि कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले भने यो आरोपलाई अस्वीकार गरेको छ ।
यस्तै कुवेतका शासक कतारको समस्या समाधानका लागि भन्दै कतार आइपुग्नु भएको छ । बुधबार राती कतार आएका उहाँले कतारका विदेश मन्त्रीसँग भेटवार्ता गर्नु भएको छ । कतारका विदेश मन्त्री शेखले शनिबार रुसी विदेश मन्त्रीलाई भेट्न मस्को जाने तयारी गर्नु भएको दोहा न्युजले उल्लेख गरेको छ ।
सम्बन्धित सामग्रीहरु
-
यातायात व्यवसायीको गुनासो, यो लोकतन्त्र हो कि तानाशाही शासन हो ?
यसअघिका सरकारले सिन्डिकेट तोड्ने घोषणा गरेर अन्तिममा घुँडा टेके पनि यसपटक भने यातायात क्षेत्रको सिन्डिकेट तोडिने संकेत देखिएको छ ।
-
जीवन गुजार्न यता उता गर्नु नपरे खेलाडीले राम्रो खेल्छन् : कप्तान पारस
नेपालले क्रिकेटमा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि यति बेला विश्वभर नै नेपाली क्रिकेटको प्रशंशा भैरहेको छ । डिभिजन टुमा क्यानडा माथिको नाटकीय जितसँगै विश्वकप छनौटमा पुगेको नेपाल सुपर सिक्समा त पुग्न सकेन ।
-
पराजुलीले पदमा रहँदा गरेका काम अवैध भन्न मिल्दैन : अधिवक्ता भट्टराई
काठमाडौं, फागुन ३० – न्यायपरिषदको सचिवस्तरीय निर्णयले प्रधानन्यायाधीशलाई पदमुक्त गरेपछि धेरैथरी प्रश्न उठेका छन् । पहिलो, नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ वैधानिक कि अवैधानिक ?
-
कांग्रेस भनेकाे देउवा र पाैडेलमात्र हाेइनन् : गुरु घिमिरे
कांग्रेसको राम्रो प्रभाव रहेका कतिपय निर्वाचन क्षेत्रमा समेत उसले हार व्यहोर्नु पर्याे । कांग्रेसको नेतृत्व तह कमजोर हुँदा पार्टीले पराजय भोग्नु परेको भन्दै पार्टीका युवा नेताले यसको विरोध गरे ।
-
बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेखे डाक्टरलार्इ कारवाही हुने
काठमाडौं, वैशाख ७ – स्वास्थ्य संस्था तथा चिकित्सकहरुले अब बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन अर्थात औषधिको सिफारिस लेख्न नपाउने भएका छन् ।
- दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी
- प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री राउत
- चितवन राष्ट्रिय निकुञ्जले किन बंगुर र माछा खान रोक्यो ?
- २० विद्यालयले पाए कम्प्युटर ल्याब निर्माणका लागि अनुदान रकम
- माइभ्याली गोल्डकप : बंगलादेशको कावरानलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा
- बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय
- १८ औं एशियाली खेलकुदका लागि नेपाली प्याराग्लाइडिङ टोली छनोट
- उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
- गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
प्रतिक्रिया दिनुहोस