MENU

अर्थ

Ncell Axiata

चुनावको बेला विवाह नहुँदा सुनको कारोबार आधाले कम

काठमाडौं, जेठ २७ – पहिलो चरणको स्थानीय चुनावको बेला विवाह समारोह कम भएकाले सुनको कारोबार पनि घटेको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार वैशाखको अन्तिममा चुनावी चहलपहल बढ्ने बित्तिकै विवाह कम भएपछि सुनको कारोबार आधाले घटेको हो ।

वैशाख १९ गते उम्मेदवार मनोनयन अघिसम्म वैवाहिक कार्यक्रम भएपनि उम्मेदवार मनोनयनपछि छिटफुट बाहेक विवाह समारोह भएनन् । वैशाख महिनामा २, ५, ७, १७, २३, २४, २५, २६, २८ र २९ गते गरी १० दिन बिवाहको लगन रहको थियो । १९ गतेपछि चुनावी चहलपहल ह्वातै बढेका कारण वैवाहिक समारोह कम मात्र भयो । जसका कारण सुनचाँदीको कारोवारमा आधाले कम आएको व्यवसायीले गुनासो गरेका छन् ।  

  
पहिलो चरणको स्थानिय चुनावले प्रभाव पारेको सुनचाँदीको कारोवार असार १४ मा हुने दोस्रो चरणको चुनावमा पनि प्रभाव पार्ने देखिएको छ । असारमा सुन कारोबार राम्रो हुने व्यवसायीले आश गरेका थिए । तर सरकारले दोस्रो चरणको चुनाव असार १४ लाई तोकेपछि सुन व्यवसायी निराश भएका छन् । वैशाख र असार महिना विवाहको लगन हुने र यो समयमा सुनको कारोवार बढने भएत पनि स्थानिय चुनावले सुनचाँदीको कारोवारमा निकै असर पारेको सुन व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो । 

अघिल्ला वर्षहरुमा वैशाख महिनामा दैनिक  ५० किलो सुनको व्यापार हुने गरेपनि चुनावले गर्दा सुनको व्यापारमा आधा कम भएको उहाँले बताउनुभयो । असार महिनामा यसअघि सरदर ४० किलो सुनको व्यापार हुँदै आएको र यसपाली चुनावले गर्दा दैनिक ३०–३५ किलो सुनको व्यापार हुने आशा गरेको शाक्यले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया