MENU

विचार/अनुभूति

कान किन पाक्छ ? यसरी बच्न सकिन्छ

डा. अजित नेपाल -

कहिले काँहि कान चिलायो भने सिन्काले कोट्याउने गर्छौं, यसले कानमा चोट लागेर कान पाक्न सक्छ । कान कोट्याउनाले कानमा चोट लाग्नु, कान दुख्नु, नाक बन्द हुनु, रुघा लाग्नु, कान पाक्नको लक्षण हो । 

नाकबाट सिँगान, आखाँबाट आँसु बगेजस्तै कान पाकेपछि कानबाट पानी जस्तै बाग्लो तरल वस्तु निस्कन्छ, जुन तरल पदार्थ बगेर घाँटीमा पुग्यो भने इन्फेक्सन हुन्छ । यस्तै कान पाकेपछि कान डम्म हुने, जाली पछाडि पानी जम्ने हुन्छ । 

यस्तै कानमा ढुसी आउने, हेर्दा रथको पाङग्रा जस्तो रगतका जाली देखिने, बिहानपख बढी दुख्ने, खानेकुरा खाँदा थुक निल्दा गा¥हो हुने, नाकमाथि कानको बाटो खुल्ला रहनाले केही चपाउँदा साह्रै दुख्ने हुन्छ । कान पाक्ने कुनै उमेर समूह हुँदैन । बालबालिकादेखि बुढाबुढीसम्म सबै उमेरका मानिसको कान पाक्न सक्छ । कान पाक्ने समस्यालाई वेवास्ता गर्नु हुँदैन । कान पाकेको लामो समयसम्म पनि उपचार गरिएन भने श्रवण शक्ति कम हुँदै जाने, बारम्बार सङ्क्रमण हुने गर्दछ । 

कसरी पाक्छ कान ? 

कानेगुजी बन्ने क्रममा अनावश्यक कानेगुजी लेदो हुँदै निस्किने गर्दछ । कसैकसैको कानेगुजी सुख्खा पनि हुने गर्दछ । सामान्य तेलजस्तो पदार्थ कानले नै फाल्ने गर्दछ । पहिले कानमा तेल हाल्ने चलन थियो । तर कानमा तेल हाल्नाले कानेगुजी ननिस्केर झन् जम्मा भएर बस्ने हुन्छ । सानो बालबालिकालाई सुताएर दुध खुवाउने बानिले दुध सर्केर नाकबाट कानमा पुग्ने कानबाट भित्र छिर्ने भएकोले बच्चाको कान पाक्ने गर्र्दछ ।  कानको प्वालमा सिन्का, चाबी बाहिरी सामानहरुले कोट्याउँदा त्यसमा किरा टाँसिएको हुन सक्छ, त्यसैले किराहरुको सङक्रमणबाट कान पाक्ने सम्भावना हुन्छ । यो संक्रमण विस्तारै फैलिँदै शरीरको अन्य भागमा पनि पुग्ने हुनाले छिटै उपचार गरेर अपरेशनबाट पनि जोगिन सकिन्छ ।  

बच्ने उपाउ 

कान पाक्ने समस्या नआओस् भन्नको लागि सबैभन्दा पहिला हामीले कान कोट्याउने बानी हटाउनुपर्छ, यी सँगै स्वस्थ खानेकुरा खाने, धुलो धुवा चिसोबाट टाढा रहनुपर्छ । समयसमयमा कानको परिक्षण गराउने, बच्चाहरुलाई दुध ख्वाउँदा टाउको माथि गरेर कोल्टे पारेर खुवाउने गर्नुपर्छ ।  

नदी, पोखरी, कुवा, आदिमा मानिसहरुले फोहोर गर्ने भएकोले जहाँ पायो त्यही पोखरी, कुवा, नदीमा नुहाउनु हुँदैन । कानमा तेल, दुध, पानी सकेसम्म पार्नुहुँदैन र रुघालाई हेलचेक्र्याई गर्नुहुँदैन । तर कान धेरै चिलाएमा स्वास्थ केन्द्रमा गई जाँच गरी स्वास्थयकर्मीको परामर्शअनुसार औषधीको प्रयोग गर्नुपर्छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया