MENU

विचार/अनुभूति

Ncell Axiata

महिला र पुरुष गाडीको सिटमा सँगै बस्न किन डराउँछन् ?

रामकुमार थापा – 

सँगै यात्रा गर्ने क्रममा तपाईंलाई पनि यस्तो समस्या परेको होला । तर तपाईंले अहिलेसम्म पनि कसैलाई भन्नुभएको छैन होला । सुन्दा र देख्दा सामान्य लाग्ने ती कुराहरु निकै जटिल हुन्छन् ।

यात्राका क्रममा विभिन्न अनुभव हुन्छन् । ती अनुभवले धेरै कुराहरु सिकाईरहेको हुन्छन् । काउन्टरबाट टिकट काट्नुभएको छ भने त जुन सिटको टिकट काट्नु भएको छ त्यहि सिटमा बस्नुहुन्छ तर तपाईंले टिकट काट्नुभएको छैन भने तपाईंको मनमा पनि यी प्रश्नहरु तरङ्गीत हुन्छन् । 

तपाईंको मनमा यो स्तम्भकारले कस्तो कुरा लेखेको होला ? भन्ने पनि लाग्न सक्छ तर यस भित्रको मनोविज्ञान के छ त ? यसै विषय केही कुरा गर्दैछु ।  

महिला र पुरुष एउटै सिटमा बस्न किन डराउँछन ? तपाई एक पटक सोच्नुहोस त ? आफ्नो दिदीबहिनी, आमा, भान्जा, भान्जी लगायत आफन्त बाहेकको लागि मात्र हो । माथि भनिएका वा बाँकी आफन्तसँग हामी सहजै बस्छांै । तर अपरिचित व्यक्ति महिला वा पुरुष सँगै बस्न डराउँछन् वा मन पराउँदैनन् । 

तपाईं १८ देखि ४० वर्षसम्मको पुरुष हुनुहुन्छ र बसमा यात्रा गर्दै हुनुहुन्छ, बसको अगाडि भागमा महिला यात्रु छन् र सिट पनि खाली छ र पछाडिको सिट पूरै खाली छ भने तपाईं त्यहि महिला भएको सिटमा बस्नुहुन्छ कि बस्नुहुन्न ? यस्तै पुरुष बसको अगाडि सिटमा बसेका छन् र तपार्इं महिला हुनुहुन्छ भने के गर्नुहुन्छ ? तपाईंले पक्कै पनि सोच्नुभयो होला । बसको सिट प्याक भए त, खाली जहाँ छ त्यहिँ बस्नुहोला । यदी प्याक नभएको अवस्थामा चाँहि के गर्नुहुन्छ ? सबैमा यो कुरा लागु हुँदैन तर धेरै मात्रामा चाहिँ यो तथ्यसँग मेल खान्छ । 

किन सँगै सिटमा बस्न डराउँछन त महिला र पुरुष ?

१. नराम्रो सोच्छन् भनेर 

तपाईं पुरुष हुनुहन्छ र पछाडिको सिट खाली छ भने तपाईं पछाडिको सिटमा बस्नुहुन्छ । किनभने ती महिलाले राम्रो सोच्दिनन् भन्ने तपाईको मनमा डर हुन्छ । यदी महिला हुनुहुन्छ भने पनि तपार्इंले पनि सोच्ने कुरा चाहिँ पुरुषको जस्तै हो । अनि यो केटी त कस्ती रैछे भन्ने कुरा केटाको मनमा पर्छ भन्ने तपाईंलाई सोच आउँछ अनि बस्नुहुन्न । 

२‍‍. हतारको निर्णय 

तपाईं गाडी कुरेर बस्नुभएको छ या यात्रा गर्ने क्रममा हुनुहुन्छ भने तपाईंले धेरै कुरा सोच्नुहुन्छ । छोटो दूरीको यात्रा छ भने त ठिकै हो तर लामो दूरीको यात्रा गर्ने क्रममा हुनुहुन्छ भने तपाईंको सिटमा कस्तो मानिस आएर बस्नेहोला, उ पुरुष हो कि महिला हो । 

नराम्रो पर्‍यो भने के गर्ने, फोहोरी पो पर्छ कि, पान पराग खाने अथवा रक्सी खाएरपो बस्छ कि भन्ने कुरा तपाईंको मनमा खेल्छन् । तपार्इंलाई लाग्छ कि बसको ढोकाबाट पस्ने बित्तिकै अगाडि जुन खाली सिट छ त्यसमा बस्नुभयो भने केही समस्या हुँदैन ।

जब तपाईं खाली सिट छान्दै हिँड्नुभयो भने तपाईंको निर्णय हतार बन्न सक्छ । महिला अथवा पुरुष भएको सिटमा बसौं कि नबसौं भन्ने सोच आउँछ र तपार्इंको सोचाई पनि त्यस्तै हुन्छ । 

३. भलादमी हुँ भन्ने देखाउन  

तपाईं युवावस्थाको हुनुहुन्छ भने भलाद्मी बन्नका लागि पनि सँगै बस्नुहुन्न । सँगै बस्यो भने त कस्तो व्यवहार भएको मानिस हो भन्ने कुरा सिटमा बस्ने यात्रुलाई पर्छ नै भन्ने लागेर तपार्इंको भित्र सोच जे जस्तो भएपनि  बाहिरी व्यवहार राम्रो भएको देखाउनको लागि पनि तपाई सँगै बस्नुहुन्न । 

४. घमण्डीपना 

जब तपाईं बसमा चढ्नुहुन्छ महिला अथवा पुरुष भएपनि तपाईमा घमण्डपन भने पक्कै हुन्छ नै । यो सँगै किन बस्नुपर्‍यो ? महिला भनेको त महिला हो नि किन पुरुषसँग बस्नुपर्‍यो ? पुरुषको त व्यवहार ठिक हँुदैन त्यहीमाथि पनि सँगै बस्न पर्‍यो भने त झन समस्या हुन्छ भन्ने सोच आउँछ र उनीहरु सँगै बस्दैनन् । पुरुषहरुले पनि आफ्नो पुरुषत्व देखाईहाल्छन् । भित्री दिल खुशी भएपपनि उनीहरु मन चुकचुकाएर सँगै बस्दैनन् । 

५. कसैले देख्छ भनेर 

तपाईं यात्रा गर्दै हुनुहुन्छ र सिटमा विपरित लिङ्गी छन् भने तपाईंको मनमा एक खालको त्रास पैदा हुन्छ । यात्रा गर्ने क्रममा सँगै सिटमा बसेको कुरा आफ्नो परिवारको सदस्यलाई भन्देला वा थाहा पाउला भन्ने डर लाग्छ ।

अझै निदाएको बेलाको त्यो अवस्था देखे भने त झन बित्याँस पर्छ र समस्या हुन्छ भन्ने लाग्छ र सकेसम्म तपार्इं बस्नुहुन्न । केही गरी घरमा थाहा पाए भने केरकार सुरु हुन्छ कि भन्ने सोच आउँछ । 

६. अनावश्यक उत्तर दिनुपर्ने भएर  

बसमा सँगै बस्दा चिनजान भएपछि कुरा गर्न थाल्नुहुन्छ । कुरा गर्दा गर्दै नजिकपना हुन्छ नै । त्यही बेलामा तपाईंको चिनजानको मानिस पनि त्यही बसमा चढ्यो भने वा देख्यो भने उसले सोधिहाल्छ कि तिम्रो श्रीमती हो अथवा महिला भए तिम्रो श्रीमान हो भनेर सोध्छन् । यी अनावश्यक उत्तर दिनुभन्दा बेग्लै बस्दा नै आनन्द आउँछ भनेर पनि तपाईं सँगै बस्नुहुन्न । 

माथि उल्लेखीत बुँदाहरु तपाईंको मनोभावनामा आउनु स्वभाविक हो । तर पनि महिला र पुरुष सँगै बस्नु हुँदैन भन्ने हाम्रो मानसिकता आजैदेखि हटाउनुपर्छ । तपाईंको आफ्नै दिदीबहिनी तथा दाजुभाइ हो भन्ने सोच राख्नुभयो भने तपाईंका समस्या समाधान हुन्छन् ।

बसमा सँगै बस्ने नाममा हुने हिंसा र अश्लिल व्यवहार भने पटक्कै गर्नुहुँदैन । धेरै मानिसको यात्राको क्रममा भएको चिनजानले जीवनमा धेरै सफलता पाएका छन् । सहयोग पाएका छन् । त्यसैले सकारात्मक सोचका साथ तपाईंले सोच्नुभयो भने यी समस्या आउँदैनन् र तपाईंको यात्रा पनि सफल र आनन्दमय हुनेछ ।  

(रामकुमार थापा सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङमा मनोविमर्शकर्ताको रुपमा काम गर्नुहुन्छ ।)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया