MENU

विचार/अनुभूति

Ncell Axiata

कतै तपाईंको शरीरमा पानी कम भएको त छैन ?

डा. दिपेन्द्र कार्की –

शरीरलाई जति मात्रामा पानी चाहिन्छ, त्यो भन्दा कम हुनु जल वियोजन हो । जलवियोजन हुने धेरै कारणले हुन्छ । जसमध्ये गर्मी पनि एक हो । एकदम गर्मी भएको छ, शरीरबाट पसिना धेरै आएको छ ।

तर हामीले पानी खाएनौं, शारीरिक व्यायाम गरेर पसिना बगेको छभने पसिनाको भएर बगेको पानीको पूर्ति गर्न नसक्दा यो समस्या देखा पर्छ । यी बाहेक झाडापखाला लागेको बिरामीलाई यो रोगको खतरा बढि हुन्छ । बालबालिकालाई यो रोगको सम्भावना धेरै हुन्छ ।

लक्षण 

धेरै पानी प्यास लाग्नु
जिब्रो सुख्खा हुनु
आँखाभित्र पसेको जस्तो हुन
छाला चाउरी पर्नु
कमजोरी महशुस हुनु
हातखुट्टा गल्ने, दुख्ने 
टाउको भारी हुने 
नाडी छिटो चल्नु, वा मुटुको धड्कन छिटो चल्नु (१५० भन्दा धेरै)
रक्तचाप कम हुनु
पिसाब कम हुनु
पिसाब पहेँलो हुन
लवाणु तत्वको असन्तुलन

शरीरमा पानीको मात्रा कम भएको छ र यसको बेलैमा उपचार गरिएन भने यसले मृगौला फेल हुने, शरीरमा पानीको मात्रा कम भयो भने मृगौलामा हुने रगतको सञ्चारमा समस्या आउँछ र मृगौलाले आफ्नो काम गर्न सक्दैन । मृगौलाले काम गर्न नसकेको अवस्थामा अरु अंगमा समस्या आउन थाल्छ र मानिसको ज्यान जान सक्छ ।

पानी कति खाने

पानी धेरै खानु पर्छ भन्ने हुँदैन । समय र मात्रा मिलाएर पानी पिउनु राम्रो हुन्छ । धेरै पानी पिउँदा शरीरको लवाणु तत्व पखालिने र असन्तुलन हुने हुन्छ । एउटा वयस्क व्यक्तिले दिनमा ३ लिटर पानी पिउनु उपयुक्त हुन्छ । तर एकैपल्ट धेरै पानी पिउनु हुँदैन । ३ लिटर पानीलाई दिनभरीको समय छुट्याएर मात्रा मिलाएर पिउनु पर्छ । 

(बि एण्ड बि अस्पतालका जेनरल फिजिसियन डाक्टर दीपेन्द्र कार्कीसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल राष्ट्र बैंकले अपनाएको कदम

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् ।

  • दाँत खप्टिएर किन आउँछ ?

    डा. रमेश बिछ्छा –  गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा । चकलेट, मिठाई पाएप...

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया