MENU

अर्थ

Ncell Axiata

दुई महिनाभित्र हरेक स्थानीय तहमा अनिवार्य एकवटा बैंक स्थापना गर्नुपर्ने

काठमाडौं, जेठ २९ – संसदको विकास समितिले नगर विकास समितिलाई खारेज गरी आगामी दुई महिनाभित्र हरेक स्थानीय तहमा एउटा बैंक अनिवार्य स्थापना गर्न पनि समितिले निर्देशन दिएको छ । 

स्थानीय तहको काम प्रभावकारी बनाउन चाहिने कानूनी र व्यावहारिक संरचना तत्कालै पूरा गर्न विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने क्रममा समितिले दुई महिनाभित्र हरेक स्थानीय तहमा एउटा बंैक अनिवार्य स्थापना गर्न निर्देशन दिएको हो ।

सिंहदरबारमा बसेको विकास समितिको बैठकले ऐन कानून छिटो बनाएर स्थानीय नागरिकलाई स्थानीय सरकारको अनुभुत हुनेगरी काम गर्न निर्देशन दिएको हो । यस्तै स्थानीय तहमा छुट्याइएको रकम पनि खर्च गर्न समस्या देखिएकोले खर्चप्रक्रिया÷व्यवस्थापनको लागि ३० दिनभित्र स्पष्ट कार्यविधि तथा मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा स्थानीय तहलाई निर्देशन दिएको छ । 

यस्तै जनप्रतिनिधि र स्थानीय तहमा खटिने कर्मचारीलाई उनीहरुको काम कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिन र कर्मचारीको व्यावस्थापन गर्न समितिले सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । 

स्थानीय तहमा जनप्रतिनिधि पुगे पनि कानुन र संरचना नभएको समस्या देखिएको गुनासो बढेपछि समितिले मुख्य सचिव, संघीय मामिला तथा स्थानीय मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर र पोेखरा लेखनाथ महानगरपालिकाका मेयरलाई बोलाएर छलफल गरेको हो । 

छलफलमा महानगरपालिकाका मेयरहरुले कानून र कर्मचारीको अभावमा के काम गर्न हुने के गर्न नहुने भन्ने विषयमा अन्योल भएको गुनासो गरेका छन् । विभिन्न मन्त्रालयका सचिवहरुले आफूहरुले रातदिन नभनी काम गर्दा पनि स्थानीय तहको सहज सञ्चालनका कानुनहरु बनाउन नभ्याइएको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

  • सुनचाँदीको कारोबार उत्साहजनक छैनः व्यवसायी

    काठमाडौं, असोज ३१ – तिहार सुरु भएपनि यो वर्ष सुनचाँदीको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा तिहार सुरु हुनु एक हप्ताअघि दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको सुन यो वर्ष दैनिक ३५ किलोसम्म मात्र कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

  • ​मंगलबार रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

    काठमाडौं, असोज ३१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ७० पैसा रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया