MENU

अर्थ

Ncell Axiata

चाइना गेजुवाको टोली बुढीगण्डकी आयोजना निरीक्षणमा, केही हेरफेर गर्नुपर्ने भनाई

किरण लोहनी/उज्यालो । 

गोरखा, जेठ ३० – सरकारसँग बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धी समझदारीपत्र एमओयूमा हस्ताक्षर गरेको चिनियाँ कम्पनीले आयोजना निर्माणस्थलको अवलोकन थालेको छ । 

सरकारसँग एमओयू गरेको चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) का अधिकारीहरुले बूढीगण्डकी धादिङ र गोरखास्थित बूढीगण्डकी आयोजना बन्ने क्षेत्रको अवलोकन थालेका हुन् । सोमबार धादिङको कल्लेरीलगायत क्षेत्र पुगेका उनीहरुले मंगलबार गोरखातर्फको डुवान क्षेत्रको अध्ययन गर्ने चाइना गेजुवाका जनसम्पर्क अधिकारी विमल पौडेलले बताउनुभयो । उनीहरुले ड्याम र पावरहाउस बन्ने क्षेत्रको अवलोकन गरेका हुन् । टोलीमा गेजुवालेनै चीनमा निर्माण गरेको थ्रि गर्जेज आयोजना प्राविधिकहरु पनि रहेको पौडेलले जानकारी दिनुभयो ।  

भूगर्भविद्, जलस्रोतविज्ञ लगायत १० जनाको चिनियाँ टोलीले आयोजनाको डिजाइनबारे पनि स्थलगत रुपमै छलफल गरिरहेको जनसम्पर्क अधिकारी पौडेलले बताउनुभयो । उनीहरुले डुवानक्षेत्रका बासिन्दासँग भने छलफल गरेका छैनन्, तर आयोजना निर्माणस्थलबारे जानकारी दिन बूढीगण्डकी आयोजनामा खटिएका नेपाली प्राविधिकहरु सँगै छन् । यसअघि परामर्शदाता कम्पनी फ्रान्सको ट्रयाकवेल इन्जिनियरिङले बूढीगण्डकी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारिसकेको छ । तर चिनियाँहरुले प्रतिवेदनमा केही हेरफेर गर्नेबारे सरकारसँग छलफल गर्नु पर्ने बताएका पौडेलको भनाई छ । स्थलगत अध्ययनपछि के के काम गर्ने भनेर केही दिनमा टुंगो लगाउने चाइना गेजुवाले जनाएको छ । सरकारसँग छिटो सम्झौता भएलगत्तै निर्माण थाल्ने गरि चिनियाँहरुले तयारी थालेको टोलीमा सहभागी नेपाली प्राविधिकहरुले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया