MENU

यो पनि समाचार

Ncell Axiata
USAID

श्रीमानलाई सर्पले टोक्यो, सँगै मर्ने भन्दै श्रीमानले श्रीमतीलाई टोके

जेठ ३० – सर्पको टोकाईपछि एक व्यक्तिले सँगै बाँच्ने सँगै मर्ने इच्छा भएको भन्दै श्रीमतीलाई टोकेका छन् । श्रीमतीलाई डाक्टरले बचाएका छन् भने श्रीमानको ज्यान गएको छ ।

भारत पटनाबाट झण्डै ९० किलोमिटर उत्तर समस्तीपुर जिल्ला वीरसिंहपुर गाउँका शंकर राईलाई गएको शनिबार राति सुतिरहेका बेला सर्पले टोकेको थियो । बिहान उठ्दा उनले आफूलाई सर्पले टोकेको थाहा पाएका थिए । आफू धेरै नबाँच्ने थाहा पाएर निकै भावुक भएका उनले हतारिँदै श्रीमती भएठाउँ गई उनको हातमा टोकेका थिए । उनले श्रीमती अमिरी देवीलाई आफूलाई निकै माया लाग्ने र सँगै मर्ने भन्दै हातमा टोकेका थिए । त्यसलगत्तै उनी अचेत भए । 

त्यसपछि अस्पताल पुर्‍याइएका उनीहरुमध्ये श्रीमानको ज्यान गयो । श्रीमतीको भने समयमै उपचार पाएकाले ज्यान जोगियो ।  स्थानीय अस्पतालका डाक्टर जयकान्तले श्रीमती अमिरीको अवस्था अहिले सामान्य भएको बताउनुभएको छ । अमिरीले श्रीमानले आफूलाई निकै माया गर्ने भन्दै हातमा टोक्न लागेको र आफूले पनि केही नभनी टोक्न दिएको बताउनुभएको छ । तर श्रीमान शंकरको इच्छा भने पूरा भएन ।  

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • १००० फेसबुक लाइक्सका लागि यस्तो तस्बिर

    असार ७ – अल्जेरियामा एक व्यक्तिलाई आफ्नो सानो छोरालाई अग्लो भवनको झ्यालबाट बाहिर झुण्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको छ ।

  • मयुरले फुटायो रक्सीका बोतल (भिडियोसहित)

    जेठ २४ – सुन्दा अचम्म र जोक्स जस्तो लाग्न सक्छ, एउटा मयुरले रक्सी तथा स्याम्पेयनको बोतल फुटाएको छ । अमेरिकाको क्यालिफोर्नियाको एक स्टोरमा पसेको मयुरले पाँच सय अमेरिकी डलर (५१ हजार पाँच सय रुपैयाँ) बराबरको रक्सी तथा स्याम्पेनको बोतल फुटाएको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया