MENU

अर्थ

Ncell Axiata
USAID

एक हजार आठ सय उद्योग दर्ता

काठमाडौं, जेठ ३० – घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा एक हजार ८ सय १९ उद्योग दर्ता भएका छन् । 

चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो । उत्पादनमूलक २ सय ७५, सेवामूलक ८ सय ५९, पर्यटन सम्बन्धी ६ सय १६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रवक्ता इन्दिरा गौतमले जानकारी दिनुभयो । 

विसं २०७३ साउनमा ३ सय ५३, भदौमा ३ सय ५१, असोजमा १ सय ७२, कात्तिकमा १ सय ५७, मङ्सिरमा १ सय ६९, पुसमा १ सय ४४, माघमा १ सय ३९, फागुनमा १ सय ६०, चैतमा ८७ र २०७४ वैशाखमा ८७ उद्योग दर्ता भएको छ । 

‘देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको हो’ उहाँले भन्नुभयो । संविधान निर्माणसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उहाँको भनाइ छ । 

सरकारले १० करोड रुपैयाँभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रुपमा वर्गीकरण गरेको छ । उक्त उद्योग साना तथा घरेलु उद्योग विभाग र समितिअन्तर्गतका जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया