MENU

खेल

Ncell Axiata

म्यान अफ दि म्याच किरण चेमजोङले खेलपछि के भने ?

काठमाडौं, जेठ ३० – एएफसी एसिएन कप २०१९ को छनौट अन्तर्गत मंगलबार यमनसँगको खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । यो खेलमा नेपाललाई हारबाट जोगाउन गोलरक्षक किरण चेमजोङको महत्वपूर्ण भूमिका खेले ।

म्यान अफ दि म्याच बनेका चेमजोङले यमनका खेलाडीको केही सुन्दर प्रहार बचाउ गरे । खेलपछिको पत्रकार सम्मेलनमा उनले आफ्नो खेलबाट खुशी रहेको बताए । उनले भने ‘मेरो खेलबाट खुशी छु । देशका लागि केही गर्ने मौका पाएँ । अझै योगदान दिन चाहन्छु ।’

भावुक रुपमा प्रस्तुत भएका चेमजोङले खेल जीवन सुरु गर्दा चोटग्रस्त भएको र त्यसबेला अब खेल्न सक्दिन कि भनेर रोएको कुरा उनले सुनाए । उनले भने ‘तर संघर्ष गरेर यहाँसम्म आएँ । यसमा सबैको साथले पनि काम गरेको छ ।’

चेमजोङ १८ वर्षको हुँदा दुर्घटनामा परेर घाइते भएका थिए । यस्तै त्यसको केही वर्षपछि फोक्सोमा इन्फेक्सन भएर उनी अस्पताल नै भर्ना भएका थिए । तर उनी सुधार भएर मैदान फर्किएका हुन् ।

यस्तै भारतसँगको मैत्रीपूर्ण खेलमा भन्दा यमनसँगको खेलमा आफूहरुको प्रदर्शन सुधार भएको उनले बताए । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया