MENU

समाज

Ncell Axiata
NIC Asia

शैलुङका जनप्रतिनिधिको पहिलो काम– दुई वर्षसम्म हुन नसकेको अनुदान सम्झौता सुरु

दोलखा, जेठ ३० – भूकम्प गएको दुई वर्ष पूरा भएपछि दोलखाको शैलुङ गाउँपालिकाको वडा नम्बर ८ का प्रभावितसँग अनुदान सम्झौता हुने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको लाभग्राही सूचिमा शैलुङका आधा भन्दा बढी भूकम्प प्रभावितको नाम छुटेपछि सबै भूकम्प प्रभावितको नाम लाभग्राही सूचिमा कायम हुनु पर्ने मागसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिले अनुदान सम्झौता सुरु गर्न मानेको थिएनन् ।

अहिले आएर वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिले नै अनुदान सम्झौता सुरु गर्ने निर्णय गरेका हुन् ।

जनप्रतिनिधिको बैठकले लाभग्राही सूचिमा नाम छुटेका प्रभावितका लागि फेरि सर्वेक्षण गर्ने सहमतिसहित असार २ गतेदेखि १० गतेसम्म अनुदान सम्झौता गर्ने निर्णय गरेको वडा नम्बर ८ का वडाअध्यक्ष रामेश्वर उप्रेतीले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया